काठमाडौं- बिहीबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ। बुधबार नेपाली बजारमा छापावाल सुन ९४ हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। बिहीबार सुन तोलामा ९ सय रुपैयाँ घटेर ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीकोे मूल्य तोलामा १० रुपैयाँ घटेको छ। बिहीबारका लागि चाँदीको मूल्य १२ सय ९० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।