काठमाडौ-शिखर इन्स्योरेन्स कम्पनीले हकप्रद लिनका लागि बुक क्लोजको मिति तोकेको छ। कम्पनीले माघ २१ गते एक दिन सेयरधनी दर्ता किताव बन्द गर्ने सूचना प्रकाशन गरेको छ।
माघ २० गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले शिखरले १० कित्ता बराबर ३ कित्ता हकप्रद सेयरमा आवेदन दिन पाउने छन्। कम्पनीलाई गत साता मात्रै नेपाल धितोपत्र बोर्डले हकप्रदको अनुमती दिएको थियो। कम्पनीले सेयरधनीलाई लाभांश भने अहिलेसम्म पनि घोषणा गरेको छैन।
.ननलाइफ इन्स्योरेन्स कम्पनीमा कारोबारदेखि नाफाका हिसाबले पनि पहिलो नम्बरमा रहेको कम्पनीले प्रत्येक वर्ष सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। शिखरले १० कित्ता बराबर ३ कित्ता हकप्रद सेयर दिनेगरी ५२ करोड ७५ लाख रुपैयाँको लागि बोर्डले अनुमति दिएको छ।