शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

बिक्न छाडे ठेका र मदानी

images
मंगलबार, माघ ८ २०८१
images
images
बिक्न छाडे ठेका र मदानी

पछिल्लो समय काठका ठेकाको विकल्पमा धातुबाट बनेका ठेका बजारमा आउन थालेपछि परम्परागत सीप र काठको उपयोग गरी ठेका बनाउने पेसा अँगालेका समुदायलाई समस्या भएको छ।

images
images

बेनी- सदरमुकाम बेनीमा ठेका र मदानी बिक्री गर्न आएका टीका चुदारा निराश छन्। बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा मेला भर्न आउने दर्शकलाई लक्षित गरेर माघ सुरुदेखि नै बागलुङबाट ठेका र मदानी लिएर म्याग्दी आएका उनले सोचेअनुरुप सामान बिक्री गर्न सकेका छैनन्।

images
images
images

गाउँबाट मेलामा आउने सर्वसाधारणमध्ये निकै थोरैले मात्र ठेका र मदानी खरिद गरेको चुदाराले बताए। 'केही वर्ष अघिसम्म ठेका र मदानीको माग पुर्‍याउनै कठिन हुने गर्थ्यो, मेलामा ल्याएका सामान केही दिनमै सकिन्थ्यो, अहिले बेनीमा आएको एक साता भइसक्यो, ठेका र मदानीको बिक्री उत्तिधेरै भएको छैन', उनले भने।

images
images

गाउँमा गाईभैँसी पाल्नेहरू घट्दै गएको, सिल्टे र प्लाष्टिकका ठेका तथा विद्युतीय मदानीको प्रयोग गर्ने प्रचलनले ठेका र मदानी बनाउने सीप र पेसा संकटमा पर्न थालेको छ। काठको ठेकामा गाईभैँसीको दूध, दही र मोही संकलन गरिन्छ भने ठेकालाई दूध दुहुन प्रयोग गरिन्छ।

images
images
images

पछिल्लो समय काठका ठेकाको विकल्पमा धातुबाट बनेका ठेका बजारमा आउन थालेपछि परम्परागत सीप र काठको उपयोग गरी ठेका बनाउने पेसा अँगालेका समुदायलाई समस्या भएको छ।

गिठादार काठबाट परम्परागत सीप र औजारको प्रयोग गरेर बनाउने ठेकालाई तीन हजारदेखि १५ हजार रूपैयाँसम्म मूल्य पर्ने गर्छ। बागलुङ नगरपालिका-१२ अमलाचौर बलेवामा घरेलु उद्योगबाट चुदाराले ठेका, मदानी, ठेका, पुङ, पुचाईसँगै सजावटका लागि साना ठेकाका सामान बनाउँदै आएका छन्। अहिले ६० वर्ष पुगेका चुदाराले आफूले २० वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा ठेका बनाउन थालेको बताए।

'बाउबाजेले गरेको पेसालाई मैले पनि निरन्तरता दिएको हुँ, तर मौलिक सीपलाई प्रयोग गरेर ठेका बनाउने पेसालाई सरकारी तवरबाट कुनै सहयोग भएको छैन, गाउँमा अधिकांशले यो पेसा छाडिसकेका छन्, मेरा छोराहरूले पनि अन्य पेसा र रोजगारी गर्न थालेका छन्, हामी पछि गाउँमा यसरी ठेका बनाउने मानिस भेटिदैन', चुदाराले भने।

चुदाराले म्याग्दीमा २०५० को दशकमा लाग्ने तत्कालीन माघेसङ्क्रान्ति मेला तथा २०६० सालपछि लाग्दै आएको म्याग्दी महोत्सवमा काठबाट बनेका ठेकाठेकाका सामान बिक्री गर्न आउने गरेका छन्। रासस


प्रकाशित : मंगलबार, माघ ८ २०८१११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend