शनिबार, साउन १२ गते २०८१    
images
images
images

नेपाल एयरलाइन्सको एयरबस ३२० एक महिनादेखि दोहामा, ६० करोड आम्दानी पनि गुम्यो

images
बुधबार, माघ १२ २०७८
images
images
नेपाल एयरलाइन्सको एयरबस ३२० एक महिनादेखि दोहामा, ६० करोड आम्दानी पनि गुम्यो
images

काठमाडौं- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को एयरबस ३२० जहाज गएको पुस १३ गतेदेखि कतारको विमानस्थलमा ग्राउन्डेड भएर बसेको छ।

images
images

जहाज कतारमा रोकिएसँगै निगमले दैनिक २ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाइरहेको छ। सोही आधारमा निगमले महिना दिनमै ६० करोडभन्दा बढी आम्दानी गुमाएको छ।

images

जहाज अवतरणपछि पार्किङमा लैजाने क्रममा वायाँ इन्जिनमा समस्या देखिएपछि जहाज ग्राउन्डेड भएको हो। जहाज ग्राउन्डेड भएको एक महिना हुँदासम्म निगम व्यवस्थापनले जहाजको इन्जिन मर्मतका लागि गर्नुपर्ने निर्णय गर्न सकेको छैन। जसबाट निगमको अन्तर्राष्ट्रिय उडान तालिकासमेत अस्तव्यस्त भएको छ।

उडान अस्तव्यस्त हुँदा निगमको छबी बिग्रन थालेको छ। साथै निगमले आर्थिक समस्या पनि भोग्नु परेको छ। २१ दिनका लागि इन्जिन भाडामा लिने टेन्डर गरे पनि निगमले अहिलेसम्म कम्पनी छनोट गर्न सकेको छैन।

images

निगम स्रोतमा अनुसार यो जहाज अझै केही सयम नेपाल ल्याउन सक्ने अवस्था छैन। विमानस्थलले पनि जतिसक्दो छिटो जहाज लैजान ताकेता गर्न थालेको छ। तर निगम व्यवस्थापनले कुनै चासो दिएको छैन। 

जहाजको इन्जिन निर्माता कम्पनीले जहाज इन्जिन मर्मत गर्नुपर्ने हुँदा इन्जिन नै रिप्लेस गर्ने सुझाव दिएको पनि तीन साता भइसकेको छ। तर जहाजको इन्जिन मर्मतका लागि निगम बोर्डबाट निर्णय हुन सकेको छैन।  

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफ्नो विशेष अधिकार प्रयोग गरेर २१ दिनका लागि इन्जिन भाडामा लिने टेन्डर गरेको पनि दुई साता हुन लागिसेको छ। निगम स्रोतका अनुसार अहिले अधिकारी कोरोना संक्रमणका कारण आइसोलेसनमा बसेकाले पनि २१ दिनका लागि इन्जिन भाडामा लिने निर्णय हुन सकेको छैन। जसका कारण निगमको अन्तर्राष्ट्रिय उडान पनि कटौती भएको छ।

निगमको एयरबस ३२० जहाजले सामान्यत दैनिक काठमाडौं-कतार (दोहा)-काडमाडौं र काठमाडौं-दुबई-काठमाडौं गरी चार वटा उडान तथा अवतरण गर्छ। चार उडान तथा अवतरणमा एयरबस जहाजको सिट क्षमता १५६ का दरले ६ सय २४ सिट हुन्छ। यो सेक्टरमा अहिले सामान्यतः एउटा सिटको मूल्य ३५ हजार रुपैयाँ हुन्छ।

जसबाट निगमले २ करोड १८ लाख रुपैयाँ गुमाइरहेका छ। यसैभित्र कार्गो रकमसमेत समावेश हुने निगमका एक कर्मचारीले जानकारी दिए। तर निगम व्यवस्थापनले यस विषयलाई कुनै चासो नदिएको एक सञ्चालकले जानकारी दिए। निगम सञ्चालक समितिमा समेत अहिले विरोध छ।


प्रकाशित : बुधबार, माघ १२ २०७८१४:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend