मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सेयर बजारमा देखियो लगातार हरियाली, उचाइको लय मिल्ला?

सोमबार, माघ ७ २०८१
सेयर बजारमा देखियो लगातार हरियाली, उचाइको लय मिल्ला?

काठमाडौं- गएको साता ४६.४५ अंकले घटेको सेयर बजारमा यो साताको पहिलो र दोस्रो कारोबार नै वृद्धितर्फ देखिएको छ। उचाइतर्फ लाग्ने अपेक्षाविपरीत सेयर बजार उताचढावबीच ओरालो गतिमा नै बढी देखिइरहँदा लगातार दुई कारोबारमा दोहोरो अंकले बढेको हो।

आइतबार १२.५८ अंकले बढेर बजार २६०१.२१ बिन्दुमा पुगेको बजार सोमबार व्यापक उतारचढावबीच ६.७८ अंकले बढेर २६०७.९९ बिन्दुमा पुगेको छ। ६ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको बजारमा ११८ कम्पनीको सेयर मूल्य बढेको छ। ११७ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता पहिलो कारोबारमा आइतबार २५.४१ अंकले घटेको बजार सोमबार १५.५४ अंकले घटेको थियो। मंगलबार बन्द रहेको बजार बुधबार १.८३ अंकले बढेकोमा बिहीबार पुन: घटेको थियो। बिहीबार ७.३३ अंकले घटेर बजार २५८८.६२ बिन्दुमा झरेको थियो। 

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा मंसिर र पुसमा पनि पूरा हुन सकेन। 

बजार वृद्धितर्फ बढ्न सबै सूचकले साथ दिएको विश्लेषकहरूले बताइरहँदा लगानीकर्ता विश्वस्त देखिन सकेका छैनन्। लगानीकर्ताहरू अझै पनि पर्ख र हेरको सोचमा नै देखिन्छन्। लगातार दुई दिन देखिएको हरियालीले बजारको अवस्था अनुमान गर्न कठिन हुने भए पनि लगानीकर्तामा विश्वास फर्किँदै जाने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : सोमबार, माघ ७ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend