मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

कामना सेवा विकास बैंकको नाफा ३२ करोड २४ लाख रुपैयाँ, अन्य सूचक कस्तो?

सोमबार, माघ ७ २०८१
कामना सेवा विकास बैंकको नाफा ३२ करोड २४ लाख रुपैयाँ, अन्य सूचक कस्तो?

यस अवधिमा ब्याज आम्दानी घटे तापनि ब्याज खर्च अझै ठूलो दरले घटेका कारण खुद ब्याज आम्दानी वृद्धि भएको छ।

काठमाडौं- कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले गत आवको सोही अवधिको तुलनामा ६ करोड रुपैयाँ बढी नाफा गरेको हो।

खुद ब्याज आम्दानी बढाउँदा बैंकले गत आवको भन्दा बढी नाफा गर्न सफल बनेको हो। यस अवधिमा ब्याज आम्दानी घटे तापनि ब्याज खर्च अझै ठूलो दरले घटेका कारण खुद ब्याज आम्दानी वृद्धि भएको छ।

बैंकले ६ महिनामा प्रवाह गरेको कर्जाबाट २ अर्ब ९७ करोड रुपैयाँ ब्याज आर्जन गरेको थियो भने निक्षेपवापत १ अर्ब ८८ करोड रुपैयाँ ब्याज तिरेको छ। गत आवमा यस्तो आम्दानी र खर्च क्रमशः ३ अर्ब ५२ करोड र २ अर्ब ५६ करोड रुपैयाँ थियो। फलतः खुद ब्याज आम्दानी १३ करोडले बढेर १ अर्ब ९ करोड कायम भएको छ।

यता बैंकले १४ करोड खुद फि तथा कमिसन आम्दानी गरेको छ भने नोक्सानी व्यवस्थाबापत करिब २० करोड छुट्याएको छ। बैंकले गत आवको सोही अवधिमा गरेको भन्दा डेढ करोड रुपैयाँ बढी नोक्सानी व्यवस्था गरेको हो।

गत आवको पुस मसान्तसम्म ३.४२ प्रतिशत रहेको यस्तो कर्जा दर कुल कर्जामा ४.३५ प्रतिशत पुगेको छ। तर खुद निष्क्रिय कर्जा भने १.७२ प्रतिशत मात्र छ।

नाफा बढ्दा कामना सेवाको प्रतिसेयर आम्दानी १५.७८ बाट बढेर १८.३७ रुपैयाँ र नेटवर्थ १५७.४६ रुपैयाँ कायम भएको छ। पुस मसान्तको विवरणअनुसार बैंकको वितरणयोग्य नाफा साढे ३७ करोड रुपैयाँ देखिन्छ। यही वितरणयोग्य नाफाको आधारमा बैंकले २१.४ प्रतिशत लाभांश बाँड्न सक्ने देखिन्छ।

६ महिनामा बैंकको ब्याज आम्दानीमध्ये ९ करोड ७४ लाख रुपैयाँ अझै उठ्न बाँकी देखिन्छ। यसैगरी यस अवधिमा ६ करोड ८१ लाख रुपैयाँबरारबरको गैरबैंकिङ सम्पत्ति थपिएको छ।


प्रकाशित : सोमबार, माघ ७ २०८११३:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend