शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

म्याग्दीको अधिकांश घरपरिवारमा बिजुलीको सुविधा, उज्यालो जिल्ला घोषणा गर्ने तयारी

images
सोमबार, माघ ७ २०८१
images
images
म्याग्दीको अधिकांश घरपरिवारमा बिजुलीको सुविधा, उज्यालो जिल्ला घोषणा गर्ने तयारी

९५ प्रतिशतभन्दा बढी घरपरिवारमा बिजुलीको सुविधा पुगेको म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्न लागिएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ।

images
images

म्याग्दी- म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी भएको छ। ९५ प्रतिशतभन्दा बढी घरपरिवारमा बिजुलीको सुविधा पुगेको म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्न लागिएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ। 

images
images
images

कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले सबै घरपरिवारमा केन्द्रीय लाइन, लघुजलविद्युत् र सौर्य ऊर्जाको पहुँच पुगेकाले गण्डकी प्रदेश सरकारको मापदण्डअनुसार उज्यालो जिल्ला घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए।

images
images

'राष्ट्रिय जनगणनाको प्रतिवेदन र कार्यालयले गरेको सर्वेक्षणका क्रममा म्याग्दीका सबै घरमा कुनै न कुुनै किसिमको विद्युत् सुविधा पुगेको देखिन्छ,' उनले भने, 'स्थानीय तहमार्फत तथ्यांकलाई पुष्ट्याइ गरेर उज्यालो जिल्ला घोषणा गर्न लागिएको हो।'

images
images
images

केन्द्रीय लाइन र लघु जलविद्युत् परियोजना नभएका कुनै घर भएमा सौर्य ऊर्जा जडानका लागि प्रदेश सरकारले ७५ प्रतिशत अनुदान उपलब्ध गराउने विषयमा पनि स्थानीय तहमार्फत जानकारी गराइएको कार्यालय प्रमुख ओझाले बताए।

राष्ट्रिय जनगणना-२०७८ को नतिजा अनुसार म्याग्दीमा रहेको २८ हजार आठ सय ३० घरपरिवारमध्ये उज्यालोका लागि ९५ दशमलव एक प्रतिशतले बिजुुली, तीन दशमलव चार प्रतिशतले सोलार, शून्य दशमलब पाँच प्रतिशतले मट्टितेल, शून्य दशमलब चार प्रतिशतले बायोग्यास र शून्य दशमलब नौ प्रतिशतले अन्य माध्यम प्रयोग गर्छन्। 

जनगणनाका क्रममा कुनै पनि विद्युतको सुविधा नपुगेको देखिएको धवलागिरि गाउँपालिकाको मराङ, सिम्कोस, अर्चे, वारवाङ, नाउरा, जुरुकोष र छहरीका एकसय २० र मालिका गाउँपालिकाको जेमका एकसय घरमा प्रदेश सरकारको बजेटबाट सौर्य ऊर्जा जडान गरिएको थियो। तीमध्य अधिकांश बस्तीहरुमा अहिले केन्द्रीय प्रसारणलाइनको विद्युत् पुगिसकेको छ।

गण्डकी प्रदेश सरकार स्थापना भएदेखि नै उज्यालो प्रदेशको कार्यक्रममार्फत विद्युत् सुविधा विस्तारका कार्यक्रम सञ्चालन हुँदै आएको छ। केन्द्रीय लाइन नपुगेको र पुग्न नसक्ने ठाउँमा लघु जलविद्युत् परियोजना निर्माण, मर्मतसम्भार र सौर्य ऊर्जा जडान गर्ने योजना सञ्चालन भएको हो।

म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जा बाहेकका बस्तीमा चालु आर्थिक वर्षमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुग्ने नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रले जनाएको छ। भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित दुईसय ५० घरपरिवारको बसोबास रहेको गुर्जामा लघु जलविद्युत परियोजनाको सुविधा छ। 

नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्र अन्तरर्गत २३ हजार विद्युतका ग्राहक छन्। आर्थिक वर्ष २०८०/८१ मा एक हजार चारसय, २०७९/८० मा हजार दुईसय ३८ र २०७८/७९ मा सात सय ७० घरमा केन्द्रीय लाइन जडान भएको विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए।

यसवर्ष मालिका गाउँपालिकाको पात्ले, चिउरीबोट, धवलागिरिको लुलाङ, लमसुङ, खोरिया, नेरवाङ, अर्चे, मल्कवाङ र रघुगंगाको कुइनेमंगले क्षेत्रका करिब ६ सय घरमा केन्द्रीय लाइनको विद्युत् विस्तारको काम अन्तिम चरणमा पुगेको छ।

म्याग्दीका दुई हजार घरधुुरीमा केन्द्रीय लाइन विस्तारका लागि विसं २०७९ मा नेपाल विद्युत् प्राधिकरणमार्फत २० करोड रूपैयाँ बजेट विनियोजन गरेर योजना सञ्चालन गरिएको छ। रासस


प्रकाशित : सोमबार, माघ ७ २०८११२:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend