मंगलबार, वैशाख २५ गते २०८१    
images
images
कोरोना संक्रमण

९० हजार सक्रिय संक्रमित; २४ घण्टामा ४ हजार जना संक्रमणमुक्त, २ लाख ५६ हजारले लगाए खोप

images
बिजनेस न्युज
images
images
९० हजार सक्रिय संक्रमित; २४ घण्टामा ४ हजार जना संक्रमणमुक्त, २ लाख ५६ हजारले लगाए खोप
images
images

काठमाडौं- पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

images
images
images

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले २० हजार ३ सय ५९ परीक्षण गर्दा ८ हजार ४ सय ५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। 

images

उनकाअनुसार सक्रिय संक्रमितको सङ्ख्या ९० हजार ६७ पुगेको छ। पछिल्लो समय ४ हजार ४ सय ३३ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख ३१ हजार ७ सय १२ पुगेको छ। संक्रमणमुक्त हुने दर ८९.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

images

विगत २४ घण्टामा २ लाख ५६ हजार ४ सय १६ जनाले कोरोनाविरूद्धको खोप लगाएका छन्। यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज २ लाख ६४ हजार ८ सय ९१ मात्रा लगाइएको छ। 

images
images

विगत २४ घण्टामा पाँच जनाको कोभिड संक्रमणका कारणले निधन भएको छ। अहिलेसम्म ११ हजार ६७२ जनाको संक्रमणका कारणले निधन भएको छ।

यस्तै ५ सयभन्दा बढी संक्रमण भएको जिल्ला १७ पुगेको छ। मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, कास्की, नवलपरासी पूर्व, बाके, रुपन्देही, दाङ र कैलाली रहेका छन्। 

यस्तै २ सय भन्दाबढी संक्रमित भएका १७ जिल्ला रहेका छन्। ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सत्तरी, सर्लाही, सिराहा, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, दोलखा, गोरखा, तनहुँ, स्याङ्जा, बागलुङ, पाल्पा, सुर्खेत र कञ्चनपुर रहेका छन्।

नेपालमा संक्रमण दर १८ प्रतिशत रहेको छ। हाल होम आइसोलेशनमा ८८ हजार २ सय ४८, संस्थागत आइसोलेसनमा १ हजार ८ सय १९, आइसियुमा २ सय ५१ र भेन्टिलेटरमा ४८ जनाको उपचार भइरहेको छ।  

 

images

प्रकाशित : बुधबार, माघ १२ २०७८०१:३७
प्रतिक्रिया दिनुहोस