मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

पोखरा फाइनान्सको नाजुक वित्तीय विवरण, पुँजीकोष ऋणात्मक हुँदा खराब कर्जा ३३.४ प्रतिशत

सोमबार, माघ ७ २०८१
पोखरा फाइनान्सको नाजुक वित्तीय विवरण, पुँजीकोष ऋणात्मक हुँदा खराब कर्जा ३३.४ प्रतिशत

काठमाडौं- राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्ने तयारी गरेको पोखरा फाइनान्सले खराब वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमै राष्ट्र बैंकले ४१ प्रतिशत खराब कर्जा कायम गरिदिएको पोखरा फाइनान्सले दोस्रो त्रैमासमा ३३.४४ प्रतिशत खराब कर्जा देखाएको छ।

राष्ट्र बैंकले पुँजीकोष ८ प्रतिशतभन्दा बढीले ऋणात्मक देखाएपछि दोस्रो त्रैमासमा फाइनान्सले ३.१७ प्रतिशतले ऋणात्मक देखाएको छ। १ अर्ब ८ करोड चुक्ता पुँजी रहेको पोखरा फाइनान्स यस त्रैमाससम्ममा ६३ करोड ७९ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको छ।

खराब कर्जा बढेर ४१ प्रतिशतको हाराहारीमा पुगिसकेकाले फाइनान्सको प्रतिसेयर वितरणयोग्य घाटा बढ‍ेर १४३.३७ प्रतिशतले ऋणात्मक भएको छ। यस अवधिमा फाइनान्सको वितरणयोग्य घाटा १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। 

राष्ट्र बैंकले फाइनान्सको वित्तीय स्थिति हेरेर १५ दिनभित्र सफाइ पेश गर्न निर्देशन दिइसकेको छ। राष्ट्र बैंकको सञ्चालक समिति बैठकले ३५ दिनको समय दिँदा फाइनान्समा थप समस्या बढ्ने भन्दै १५ दिने पत्र पठाउने निर्णय गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ।


प्रकाशित : सोमबार, माघ ७ २०८१०८:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend