काठमाडौं- पछिल्लो दशकमा हिमाली तथा पहाडी क्षेत्रका ३२ जिल्लामा जनसंख्या घटेको छ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांक अनुसार ३२ जिल्लामा जनसंख्या घटेको हो। उच्च बसाइसराइ, घट्दो प्रजननदरका कारणले समग्र नेपालकै वृद्धिदर घटेपनि यी जिल्लाको भने घटेको छ।
२०६८ मा यसरी जनसंख्या घट्ने जिल्लाको संख्या २७ थियो।
धेरै जिल्लाको जनसंख्या घट्ने र केही जिल्लाको वृद्धिदर घट्ने प्रवृत्ति देखिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
हिमाली तथा पहाडी क्षेत्रको जनसंख्या घट्दा तराई तथा सहर भएका जिल्लामा भने धेरै जनसंख्या वृद्धि भएको छ। धेरै जनसंख्या वृद्धि हुने ३२ जिल्लामा सातवटामात्र पहाडी तथा हिमाली जिल्ला परेका छन्।