आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छ : अर्थमन्त्री पौडेल

images
आइतबार, माघ ६ २०८१
images
images
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छ : अर्थमन्त्री पौडेल

सम्पत्ति शुद्धीकरण अनुसन्धान मामलामा ‘नेपाल फाइनान्सिएल एक्सन टाक्सफोर्स’को सम्भावित जोखिम सूचीमा पर्न नदिन नेपाल चनाखो रहेको अर्थमन्त्री विष्णु पौडेलले बताए।

images
images

काठमाडौं- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको र सुधारका प्रयासले नतिजा दिन थालेको बताएका छन्।

images
images
images

अर्थ मन्त्रालयले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधार हुँदै गएको सूचकहरुले नै देखाएको बताए। 'हामीले आर्थिक सूचकहरुमा तलमाथि गरेका छैनौँ। सूचक हरियो छ भने हरियो र रातो छ भने रातो नै प्रस्तुत भएको छ। तथ्यले हाम्रो अर्थतन्त्र सुधार हुँदै गएको देखाउँछ', उनले भने।

images

वर्तमान सरकार गठन भएपछि आर्थिक सूचकहरु सुध्रँदै गएको अर्थमन्त्री पौडेलले बताए। 'आर्थिक परिसूचक अहिलेको भन्दा पहिला नकारात्मक थिए। ती परिसूचकलाई सकारात्मक बनाउन समय लागेको छ र निकै बढी मेहनत गर्नुपरेको छ। ओरालो लागेको अर्थतन्त्रलाई अहिले सकारात्मक दिशामा डोर्‍याएका छौँ', उनले भने।

images
images
images

सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरे लगत्तै निजी क्षेत्रका छाता सङ्गठनले त्यसको स्वागत गरेको र यसले निजी क्षेत्रलाई अघि बढाउन भूमिका खेलेको उनको भनाइ थियो। 'पुँजीगत खर्चमा गुणात्मक सुधार गर्न सरकारले काम गरिरहेको छ', अर्थमन्त्री पौडेलले भने।

निर्माण व्यवसायीको भुक्तानी नरोकिएको उनले उल्लेख गरे। 'कुनै  निर्माण व्यवसायीको भुक्तानी रोकिएको छैन। आजका दिनसम्म कसैले विधिसम्मत रुपमा दाबी गरेको छ भने भुक्तानी भएको छ', उनले भने।

सम्पत्ति शुद्धीकरण अनुसन्धान मामलामा ‘नेपाल फाइनान्सिएल एक्सन टाक्सफोर्स’को सम्भावित जोखिम सूचीमा पर्न नदिन नेपाल चनाखो रहेको अर्थमन्त्री पौडेलले बताए।

'सम्पत्ति शुद्धीकरण निवारण मामलामा हामीले गर्नुपर्ने कामको सूची छ। केन्द्रीय कार्यसूची बनाएर काम भइरहेको छ। त्यसलाई हामीले गम्भीरताका साथ कार्यान्वयन गरिरहेका छौँ। आफ्नो प्रतिष्ठा जोगाउँदै जाने विषयमा नेपाल सचेत छ', अर्थमन्त्री पौडेलले भने। रासस


प्रकाशित : आइतबार, माघ ६ २०८११८:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend