मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

वैदेशिक रोजगारीका लागि बाहिरिने युवाको संख्या १३.४२ प्रतिशतले बढ्यो

चालु आवको ६ महिनामा बाहिरिए ३ लाख ९३ हजार ६७ युवा

images
आइतबार, माघ ६ २०८१
images
images
वैदेशिक रोजगारीका लागि बाहिरिने युवाको संख्या १३.४२ प्रतिशतले बढ्यो
images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा वैदेशिक रोजगारीका लागि जाने युवाको संख्या १३.४२ प्रतिशतले बढेको छ।

images
images
images

वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउन, भदौ, असोज, कात्तिक, मंसिर र पुसगरी ६ महिनामा वैदेशिक रोजगारी लागि ३ लाख ९३ हजार ६७ जना युवाले अन्तिम श्रम स्वीकृति लिएका छन्। जुन संख्यालाई विभागले रोजगारीमा जाने युवाको संख्या भन्दै तथ्यांक सार्वजनिक गर्दै आएको छ।

images
images

विभागका अनुसार गत वर्ष २०८०/०८१ को सोही अवधिका वैदेशिक रोजगारीका लागि बाहिरिने युवाको संख्या ३ लाख ४० हजार र ३ सय ३० रहेको थियो।

images
images
images

गत आवको महिनागत तुलनामा चालु आवकै सबै महिनामा रोजगारीका लागि विदेश जाने कामदारको संख्यामा वृद्धि आएको छ। विभागका अनुसार चालु आवको पुसमा ६७ हजार २ सय ८५ जना युवा रोजगारीका लागि गएका छन्।

चालु आवकै मंसिरमा इतिहासमै एकै महिनामा सबैभन्दा बढी युवा रोजगारीका लागि बाहिरिएका थिए। मंसिरमा ८४ हजार २ सय २६ जना युवा वैदेशिक रोजगारीका लागि गएका थिए।

यसैगरी चालु आवकै कात्तिकमा ७० हजार ९ सय ९०, असोजमा ५३ हजार ५ सय २५, भदौमा ५७ हजार ४ सय ९३ र साउनमा ५९ हजार ५ सय ७५ जना युवा रोजगारीका लागि विदेश गएका छन्।

गत आवको साउनमा ५५ हजार ५ सय ७५, भदौमा ५० हजार ८ सय ८४,असोजमा ५६ हजार २ सय ३५,कात्तिकमा ४३ हजार ६ सय २२ मंसिरमा ६८ हजार २ सय १ र पुस ६५ हजार ८ सय १३ जना युवा रोजगारीका लागि बाहिरिएका थिए।

विभागका अनुसार चालु आवको ६ महिनामा नयाँ कामका लागि म्यानपावरमार्फत २९ हजार ३ सय १६, नयाँ व्यक्तिगत भिसामार्फत १० हजार ८५, विबिदामा नेपाल आए/ पुन: फर्कने २७ जार २ सय ३ र जीटूजी मार्फत कोरिया र इजायल जानेको संख्या ६ सय ५४ रहेको छ।

विभागका अनुसार ६ महिनामा नयाँ काममा लागि म्यानपावरमार्फत विदेश जानेको संख्या १ लाख ६१ हजार १ सय ६६, नयाँ व्यक्तिगत भिसामार्फत जानेको संख्या ६४ हजार ४ सय ५९, बिदामा नेपाल आएर पुन: रोजगारीकै लागि जानेको संख्या १ लाख ६२ हजार ६ सय २८ र जीटूजी मार्फत कोरिया र इजायल जानेको संख्या ४ हजार ८ सय १४ रहेको छ।


प्रकाशित : आइतबार, माघ ६ २०८११६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend