मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सेयर बजारमा दोहोरो अंकको वृद्धि, ६ अर्ब २५ करोड रुपैयाँको कारोबार

आइतबार, माघ ६ २०८१
सेयर बजारमा दोहोरो अंकको वृद्धि, ६ अर्ब २५ करोड रुपैयाँको कारोबार

काठमाडौं- गएको साता ४६.४५ अंकले घटेको सेयर बजारमा यो साताको पहिलो कारोबार वृद्धितर्फ देखिएको छ। उचाइतर्फ लाग्ने अपेक्षाविपरीत सेयर बजार उताचढावबीच ओरालो गतिमा नै बढी देखिइरहँदा आइतबार दोहोरो अंकले बढेको हो।

आइतबार १२.५८ अंकले बढेर बजार २६०१.२१ बिन्दुमा पुगेको छ। ६ अर्ब २५ करोड ७२ लाख रुपैयाँको कारोबार भएको बजारमा १७१ कम्पनीको सेयर मूल्य बढेको छ। ६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता पहिलो कारोबारमा आइतबार २५.४१ अंकले घटेको बजार सोमबार १५.५४ अंकले घटेको थियो। मंगलबार बन्द रहेको बजार बुधबार १.८३ अंकले बढेकोमा बिहीबार पुन: घटेको थियो। बिहीबार ७.३३ अंकले घटेर बजार २५८८.६२ बिन्दुमा झरेको थियो। 

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा मंसिर र पुसमा पनि पूरा हुन सकेन। 

बजार वृद्धितर्फ बढ्न सबै सूचकले साथ दिएको विश्लेषकहरूले बताइरहँदा लगानीकर्ता विश्वस्त देखिन सकेका छैनन्। लगानीकर्ताहरू अझै पनि पर्ख र हेरको सोचमा नै देखिन्छन्। 


प्रकाशित : आइतबार, माघ ६ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend