बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब रूपैयाँ

images
आइतबार, माघ ६ २०८१
images
images
सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब रूपैयाँ

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत पुस मसान्तसम्मको ऋणको प्रतिवेदनअनुसार पछिल्लो छ महिनामा मात्र एक खर्ब दुई अर्ब रूपैयाँ सरकारी ऋण थपिएको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब रूपैयाँ नाघेको छ।

images
images
images

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत पुस मसान्तसम्मको ऋणको प्रतिवेदनअनुसार पछिल्लो छ महिनामा मात्र एक खर्ब दुई अर्ब रूपैयाँ सरकारी ऋण थपिएको छ।

images
images

'चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रूपैयाँ रहेकामा पुस मसान्तसम्ममा एक खर्ब दुई अर्ब तीन करोड रूपैयाँ थप वृद्धि भइ कुल सार्वजनिक ऋणको दायित्व २५ खर्ब ३६ अर्ब १३ करोड रूपैयाँ पुगेको छ। जुन कुल गार्हस्थ्य उत्पादनको ४४ दशमलव ४६ प्रतिशत हुन आउँछ', कार्यालयको प्रतिवेदनमा भनिएको छ।

images
images
images

कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१ दशमलव ३१ प्रतिशत अर्थात्  १३ खर्ब एक अर्ब ४१ करोड ७३ लाख रूपैयाँ बराबर छ‍। कुल गार्हस्थ्य उत्पादनसँग बाह्य ऋणको अनुपात २२ दशमलव ८१ प्रतिशत हो।

त्यस्तै, कुल सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४८ दशमलव ६८ अर्थात् १२ खर्ब ३४ अर्ब ७१ करोड ४१ लाख रूपैयाँ बराबर छ। कुल गार्हस्थ्य उत्पादनको आधारमा आन्तरिक ऋणको प्रतिशत २१ दशमलव ६४ प्रतिशत हो।

सरकारले चालु आर्थिक वर्षमा कुल पाँच खर्ब ४७ खर्ब रूपैयाँ ऋण उठाउने लक्ष्य राखेकामा गत पुस मसान्तसम्ममा दुई खर्ब ४० अर्ब आठ करोड ऋण प्राप्ति भएको कार्यालयले जनाएको छ। वार्षिक लक्ष्यको तुलनामा हालसम्मको ऋण प्राप्ति ४३ दशमलव ८९ प्रतिशत हो।

चालु आर्थिक वर्षका लागि तीन खर्ब ३० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने सरकारको लक्ष्य रहेकोमा पुस मसान्तसम्ममा एक खर्ब ८१ अर्ब पाँच करोड रूपैयाँ अर्थात् वार्षिक लक्ष्यको ५४ दशमलव ८६ प्रतिशत ऋण उठाइएको छ।

त्यस्तै दुई खर्ब १७ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने वार्षिक लक्ष्य रहेकामा पुस मसान्तसम्ममा २७ दशमलव २० प्रतिशत अर्थात् ५९ अर्ब तीन करोड रूपैयाँ प्राप्ति भएको छ।

सार्वजनिक ऋणको साँवा ब्याज तिर्नका लागि सरकारले चालु आर्थिक वर्षका लागि चार खर्ब दुई अर्ब ८५ करोड विनियोजन गरेको छ। गत पुस मसान्तसम्ममा साँवा ब्याज तिर्न एक खर्ब ८२ अर्ब ४० करोड रूपैयाँ खर्च भएको छ।

यो वार्षिक बजेट विनियोजनको आधारमा ४५ दशमलव २८ प्रतिशत हो। कुल गार्हस्थ्य उत्पादनका आधारमा पुस मसान्तसम्ममा कुल ऋण सेवा खर्च तीन दशमलव २० प्रतिशत रहेको कार्यालयले जनाएको छ।


प्रकाशित : आइतबार, माघ ६ २०८११२:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend