शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

बैंकहरू एकपछि अर्को मर्जरमा जाँदै, सेञ्चुरीलाई प्रभुको मर्ज प्रस्ताव, स्वाप रेसियो कति?

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १३ २०७८
images
बैंकहरू एकपछि अर्को मर्जरमा जाँदै, सेञ्चुरीलाई प्रभुको मर्ज प्रस्ताव, स्वाप रेसियो कति?
images
images

काठमाडौं- बैंकहरू मर्जरमा जाने एकपछि अर्को चर्चा चलिरहँदा अहिले प्रभु बैंक र सेञ्चुरी बैंकबीच पनि मर्जरमा जानेगरी छलफल चलेको छ।

images
images
images

हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्ज भाँडिएपछि यतिबेला धेरै बैंकहरू मर्जमा जानेगरी अनौपचारिक रूपमा तीब्र छलफलमा लागिरहेका छन्।

images
images

गत साता नबिलले नेपाल बंगलादेश बैंकलाई प्राप्ति (एक्वायर) गर्ने सम्झौता गरेको थियो।

images
images

मर्जका लागि हिमालयन र सिभिलको चर्चा पनि चलिरहेको छ। यता सनराइज र माछापुच्छ्रे बैंकको पनि मर्जको चर्चा चलिरहेको बेला प्रभु र सेञ्चुरी बैंकले पनि मर्जका लागि स्वाप रेसियोसमेतमा छलफल थालेका छन्। 

प्रभुले अन्य बैंकसँग मर्जका लागि प्रस्ताव गरेको थियो तर सेञ्चुरीले प्रभुको प्रस्तावमा सहमति जनाउनेगरि छलफल गरिरहेको छ। स्वाप रेसियोमा प्रभुसँग १०० बराबर ८८ हुने गरि सेञ्चुरीले माग गरेको छ। तर प्रभुले भने ८५ दिन तयार रहेको बुझिएको छ। 

दोस्रो त्रैमासमा सेञ्चुरी बैंकले ५४ प्रतिशत नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले दोस्रो त्रैमासमा ७२ करोड २१ लाख रुपैयाँ खुदनाफा कमाएको छ। प्रभुले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब २६ करोड रुपैयाँ खुदनाफा गरेको छ । 

सेञ्चुरीको चुक्त पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। बुधबार दोस्रो बजारमा २५३ रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै प्रभुको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने दोस्रो बजारमा बुधबार ३२७ रुपैयाँमा कारोबार भएको छ। 


प्रकाशित : बिहीबार , माघ १३ २०७८०२:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend