आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

बागमती सफाइमा जुट्न थाले महानगरका जनप्रतिनिधि

images
आइतबार, माघ ६ २०८१
images
images
बागमती सफाइमा जुट्न थाले महानगरका जनप्रतिनिधि

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि आफ्नो क्षेत्रको बागमती सफाइमा जुट्न थालेका छन्। महानगरपालिका–९ का वडाध्यक्ष रामजी भण्डारीको नेतृत्वमा शनिबार तिलगङ्गा निलो पुलमा जनप्रतिनिधि वाग्मती सफाइमा केन्द्रित भएका थिए।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि आफ्नो क्षेत्रको बागमती सफाइमा जुट्न थालेका छन्। महानगरपालिका–९ का वडाध्यक्ष रामजी भण्डारीको नेतृत्वमा शनिबार तिलगङ्गा निलो पुलमा जनप्रतिनिधि बागमती सफाइमा केन्द्रित भएका थिए। 

images
images
images

बागमती सफाइ महाअभियानको ६१०औँ हप्तामा वडासदस्य टेकराज अधिकारी, रचना सुनाम, सृजना भेटवाल, कामनपा वडा नं ११ का अध्यक्ष हिरालाल तन्डुकारलगायत जनप्रतिनिधिको सक्रियतामा सफाइ गरिएको थियो।

images

स्थानीयवासी, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, कामनपा वातावरण विभाग टेकु, बागमती सफाइ महाअभियानका प्रमुख अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौड्यालसहित बागमती सफाइ अभियानकर्मी पनि सफाइमा सक्रिय भएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए।

images
images
images

त्यस क्षेत्रको बागमती किनारबाट तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको पनि उनले सुनाए। कामनपा वातावरण विभाग टेकुको ट्रकमा उठाइएको सबै फोहर व्यवस्थापन गरिएको थियो।

कामनपा वडा न ९ र ८  संयुक्त पहलमा आजदेखि महानगरीय प्रहरी बलका प्रहरी नायब उपरीक्षक शिव पौडेलको नेतृत्वमा २० जनाले तिलगङ्गा बागमती पुलबाट प्रयागघाटसम्म दायाँबायाँ किनारमा सरसफाइ एव बिरुवा गोडमेल गर्ने  गरी कार्यक्रम बनाइएको अभियानकर्मी शाही बताउँछन्।

गत शनिबार वडा नं ८ का अध्यक्ष आशामान सँगतको नेतृत्वमा पशुपति क्षेत्रस्थित नदी किनारमा सफाइ गरिएको थियो्। विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार नियमित रूपमा बागमती किनारमा हुने गरेको छ। रासस


प्रकाशित : आइतबार, माघ ६ २०८१११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend