शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि

images
आइतबार, माघ ६ २०८१
images
images
बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि

बागमती प्रदेशसभा सचिवालयले यही माघ १० गतेदेखि पाँचौ अधिवेशन बस्ने तयारी गरेको छ।

images
images

काठमाडौं- बागमती प्रदेशसभा सचिवालयले यही माघ १० गतेदेखि पाँचौ अधिवेशन बस्ने तयारी गरेको छ।
 
बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए। 'प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने व्यवस्था छ', सभामुख पाठकले भने, 'प्रदेश सरकारले माघ १० गतेलाई अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने भन्ने कुरा भएको छ, त्यहीअनुसार हामी अधिवेशन सञ्चालनको तयारीमा जुटेका छौँ।

images
images
images

सम्भवतः आइतबार वा सोमबारसम्ममा प्रदेश सरकारबाट यसको जानकारी आउँछ होला', उनले भने। 

images
images

गत २०८१ वैशाख ३१ गतेदेखि सञ्चालन भएको बागमती प्रदेशसभाको चौथो अधिवेशन असोज ७ गते सकिएको थियो। सो अवधिमा बसेका ३८ बैठकले चारवटा विधेयक पारित गरेको थियोभने पाँचवटा विधेयक समितिमा पठाएको थियो।  

images
images
images


प्रकाशित : आइतबार, माघ ६ २०८११०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend