आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

किसानको उत्पादन बजारसम्म पुर्‍याउन ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याउँदै जैमिनी

images
शनिबार, माघ ५ २०८१
images
images
किसानको उत्पादन बजारसम्म पुर्‍याउन ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याउँदै जैमिनी
फाइल तस्बिर

संघीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको २५ लाख रूपैयाँ अनुदान र जैमिनी नगरपालिकाको २५ लाख रूपैयाँ लगानीमा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागिएको हो।

images
images

बागलुङ- किसानको घरबारीसम्म पुगेर कृषिजन्य उत्पादन बजारसम्म पुर्‍याउन जैमिनी नगरपालिकाले ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याउने तयारी गरेको छ। सरकार र नगरको साझेदारीमा एम्बुलेन्स खरिदको तयारी गरिएको जनाइएको छ।

images
images
images

‘कृषि एम्बुलेन्स’ खरिद प्रक्रिया अन्तिम चरणमा रहेको नगरका उपप्रमुख हरिहर शर्माले बताए। संघीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको २५ लाख रूपैयाँ अनुदान र जैमिनी नगरपालिकाको २५ लाख रूपैयाँ लगानीमा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागिएको हो। 

images

स्थानीय बजार साँघुरो रहेको र टाढाको ठूलो बजारसम्म कृषिजन्य उत्पादन पुर्‍याउन किसान आफैलाई ढुवानीमा कठिन हुने भएकाले नगरले कृषि एम्बुलेन्सको अवधारणा ल्याएको हो।

images
images
images

नगरको योजनालाई सरकारले महत्व दिएरै साझेदारी गरेको कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले बताए। देशभरका इच्छुक स्थानीय तहसँग साझेदारी गरेर किसानलाई हित हुनेगरी ‘कृषि एम्बुलेन्स’ सञ्चालनको योजना बनाइने उनले बताए।

स्थानीय तहमा उत्पादित तरकारी, अदुवा, बेसार, फलफूल, रैथानेबाली, माछा, मह, मासु, दही, छुर्पीलगायत उपज कृषि एम्बुलेन्समार्फत गरी बजार पुर्‍याउने नगरको लक्ष्य रहेको शर्मा बताउँछन्।

'समूह वा फार्ममा आबद्ध किसानले उत्पादन गरेका फसल बजारसम्म लैजाने काम कृषि एम्बुलेन्सले गर्छ', शर्मा भन्छन्, 'सञ्चालन कार्यविधि तयार गरेर किसानलाई फाइदा पुग्नेगरी नगरभर एम्बुलेन्स परिचालन हुनेछ।'

नगरले एम्बुलेन्स सञ्चालनसँगै किसानलाई उत्पादन बढाउनका लागि पनि प्रोत्साहन गर्ने योजना बनाएको छ। बजारको अभावमा किसानको उत्पादन खेरजान नदिने र किसानलाई व्यावसायिक बनाउन नगरले एम्बुलेन्सको योजना ल्याएको शर्माले बताए।

बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘कृषि एम्बुलेन्स’ सञ्चालनको घोषणा गरेको छ। कृषिजन्य उत्पादन बढाउने, बाँझो जग्गाको उपयोग गर्ने नीतिअनुसार कृषि एम्बुलेन्स सञ्चालनको घोषणा गरेको नगरले प्रक्रिया भने थालेको छैन।

'हामी सरकारको कार्यक्रम पर्खिरहेका छौँ, अहिले नै हाम्रो बजेटले मात्रै एम्बुलेन्स सञ्चालन सम्भव छैन', नगर प्रमुख वसन्तकुमार श्रेष्ठले भने, 'पहिले तरकारी मण्डी सञ्चालनको तयारीमा छौँ, त्यसपछि मात्रै किसानको तरकारी उठाउने एम्बुन्स ल्याउँछौँ।'

नगरपालिकाले मण्डी सञ्चालनका लागि वडा नं ४ को उपल्लाचौरमा जग्गा भाडामा लिइसकेको छ। थप बजार क्षेत्रमा जग्गाको व्यवस्थापनको तयारीमै रहेको श्रेष्ठले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, माघ ५ २०८११६:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend