आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

दिवा खाजाका लागि विद्यालयको कौसीमा तरकारीखेती : आफै फलाउँछन्, आफै पकाउँछन् विद्यार्थी

images
शनिबार, माघ ५ २०८१
images
images
दिवा खाजाका लागि विद्यालयको कौसीमा तरकारीखेती : आफै फलाउँछन्, आफै पकाउँछन् विद्यार्थी

विद्यालयको हरेक शुक्रबार हुने अतिरिक्त क्रियाकलाप र विभिन्न विशेष कार्यक्रममा विद्यार्थीले आफूले उत्पादन गरेका तरकारीका परिकार बनाउँछन् र विद्यालयमै शिक्षक र विद्यार्थीलाई बिक्री गर्छन्।

images
images

गलकोट- बागलुङ नगरपालिका-९ को तित्याङ माध्यमिक विद्यालयको कौसीमा यतिबेला आलु, बन्दा, काउली र ब्रोकाउली फलेका छन्। उत्पादित तरकारी विद्यालयकै चमेना गृहमा दिवा खाजाका लागि प्रयोग भइरहेको छ।

images
images
images

विद्यार्थीले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यालयको कौसीमा विभिन्न प्रकारका तरकारी फलाएका हुन्। यी तरकारी उनीहरुले आफै पनि पकाउँछन् भने केही र बिक्री पनि गर्छन्।

images

तीन वर्ष पहिले प्रत्येक विद्यार्थीले ५० रूपैयाँ संकलन गरेर ५० वटा गमला किनेका थिए। गमलामा मौसमअनुसारको तरकारी रोप्थे। फलेपछि शिक्षक विद्यार्थीले बाँडेर खान्थे। विद्यालयले विद्यार्थीलाई उत्पादनसँग जोड्न र स्थानीय पाठ्यक्रमअनुसार अध्यापनका लागि ‘स्थानीय उत्पादन’ शीर्षकमा ५० पूर्णाङ्कको प्रयोगात्मक सिकाइका लागि तरकारीखेतीमा प्रोत्साहन गरेको थियो ।

images
images
images

तित्याङ्‌का विद्यार्थीले गमलामा तरकारीखेती गरेको जानकारी पाएपछि सामाजिक क्षेत्रमा सक्रिय रहेको संस्थाले सीवाईसीले शिक्षक विद्यार्थीसँग छलफल गरेपछि कक्षा ६ देखि १० सम्मका १६ जना विद्यार्थीलाई समेटेर ‘थ्री जिरो क्लब’ गठन गरेको थियो।

सीवाईसीले जिल्लाका ३५ भन्दा बढी विद्यालयमा ‘शून्य गरिबी, शून्य बेरोजगारी र शून्य कार्बन उत्सर्जन’ (थ्रि जेरो) नामक क्लब गठन गरी विद्यार्थीलाई व्यावसायिकतामा जोड्दै आएको छ।

तीन वर्ष पहिलेदेखि प्रयोगात्मक कक्षाका लागि गमलामा तरकारीखेती गर्दै आएका विद्यार्थीलाई गत साउनमा सीवाईसीले बीउविजनसहित कृषि सामग्री उपलब्ध गराएको थियो। मल, तरकारीको बीउ र नर्सरी व्यवस्थापनका लागि विभिन्न उपकरणसमेत सीवाईसीले उपलब्ध गराएको थियो।

त्यसयता पक्की भवनको छतमै नर्सरी स्थापना गरेर तरकारी फलाइरहेका छन्। आफैले उत्पादन गरेको तरकारी दिवा खाजामा समेत उनीहरुले प्रयोग गर्दै आएका छन्। विद्यार्थीले विद्यालयमा मात्र होइन घर-घरमा तरकारीखेती गर्न सुरु गरेका छन्।

कक्षा शिक्षक बिदामा बसेको समय, दिउँसो खाजा खाने समय र आवश्यकता परेको बेला छुट्टीको दिन विद्यार्थीहरु उत्साहित भएर विद्यालय आउँछन्। उनी दिनभरी नर्सरी र तरकारी खेतीमा रमाउँछन्।

विद्यालयको थ्रि जिरो क्लबका संरक्षक तथा शिक्षक भूपेन्द्रबहादुर खड्काले भने, 'क्लबले यटपटक काउली, ब्रोकाउली र विभिन्न प्रकारका सागका बिरुवा उत्पादन गरेर विद्यार्थीलाई वितरण गरेको छ।'

कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने एकसय जना विद्यार्थीलाई विभिन्न हिउँदे तरकारीका बिरुवा वितरण गरिएको उनको भनाइ छ। विद्यार्थीले विद्यालयमा मात्रै नभइ घरमा समेत आफै तरकारीखेती गरिरहेको क्लबका अध्यक्ष सनिसा क्षत्रीले बताइन्।

'विदेशमा पढ्दै काम गर्दै गर्ने गरेको सुनिन्छ, यहाँपनि व्यावहारिक शिक्षाको कुरा हुन्छ', शिक्षक खड्काले भने, 'देश सुहाउँदो, हाम्रो भूगोल सुहाउँदो व्यावसायिक कृषि प्रणालीलाई थप व्यवस्थित गर्दै विद्यार्थीलाई उत्पादनसँग जोडेर सानो उमेर मै उद्यमी बन्ने प्रेरणा प्रदान गर्नु स्थानीय उत्पादन कार्यक्रम र क्लबको उद्देश्य हो।'

यस अभियानलाई बागलुङ नगरपालिका वडा नम्बर ९ ले पनि सहयोग गर्दै आएको अध्यक्ष क्षेत्रीले बताए। विद्यालयका प्रधानध्यापक कुमार उपाध्यायका अनुसार तरकारी उत्पादन र बिक्रीका लागि दुई वटा थ्रि जिरो क्लब छन्। एउटा क्लबले उत्पादनको काम गर्छ भने अर्काले बिक्री वितरणको काम गर्छ।

विद्यालयको हरेक शुक्रबार हुने अतिरिक्त क्रियाकलाप र विभिन्न विशेष कार्यक्रममा विद्यार्थीले आफूले उत्पादन गरेका तरकारीका परिकार बनाउँछन् र विद्यालयमै शिक्षक र विद्यार्थीलाई बिक्री गर्छन्। बिक्रीबाट भएको आम्दानी तरकारीको बीउ, मल खरिदमा खर्चने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर थापाले बताए। रासस


प्रकाशित : शनिबार, माघ ५ २०८११६:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend