मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

दुई कम्पनीलाई साधारण सेयर बिक्रीको अनुमति

शनिबार, माघ ५ २०८१
दुई कम्पनीलाई साधारण सेयर बिक्रीको अनुमति

नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई साधारण सेयर बिक्रीका लागि पछिल्लोपटक अनुमति दिएको छ।

काठमाडौं- लामो समयदेखि रोकिँदै आएको साधारण सेयर निष्कासनका लागि अनुमति दिने प्रक्रिया सुरु भएको छ। नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई साधारण सेयर बिक्रीका लागि पछिल्लोपटक अनुमति दिएको छ।

बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फार्मासिटिकल्सलाई साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ। बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई २२ करोड ५० लाख रूपैयाँ मूल्य बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री लागि यही माघ ३ गते अनुमति दिएको हो। सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ।

यस्तै, बोर्डले ओम मेगाश्रीलाई १८ करोड रूपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ। सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। बोर्डले दुई वटा कम्पनीको ८५ करोड ५० लाख रूपैयाँ मूल्य बराबरको ८५ लाख ५० हजार कित्ता साधाण सेयर बिक्रीका लागि अनुमति दिएको हो।

यस्तै, बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली लागु गरेको छ। सो नियमावली लागु भएसँगै साना तथा मझौला संस्थालाई साधारण सेयर बिक्रीका लागि मार्ग प्रशस्त भएको छ। सेयर बजारको विस्तारका लागि यो नियमावली महत्वपूर्ण रहेको छ। 

बोर्डमा हालसम्म ५१ अर्ब ११ करोड २४ लाख एक हजार छसय ३२ रूपैयाँ मूल्य  बराबरको ३५ करोड ५० लाख ३७ हजार दुईसय ८५ कित्ता साधारण सेयर बिक्रीका लागि आवेदन परेको छ। रासस


प्रकाशित : शनिबार, माघ ५ २०८१११:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend