शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

संसद् अधिवेशन शीघ्र आह्वान गर्न विपक्षी दलको माग

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ ४ २०८१
images
images
संसद् अधिवेशन शीघ्र आह्वान गर्न विपक्षी दलको माग

संघीय संसद्को नियमित अधिवेशन बोलाएर कानून निर्माण नगरी, संसदीय समितिमा छलफलको क्रममा रहेका विधेयक फिर्तासमेत नलिइ अध्यादेश जारी गरेकामा बैठकले विमति जनाएको छ।

images
images

काठमाडौं- संसद्‍मा प्रतिपक्षमा रहेका दलहरूले संघीय संसद्को नियमित हिउँदे अधिवेशन तत्काल आह्वानको माग गरेका छन्। 

images
images
images

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजावादी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी (आजपा) र नेपाल समाजवादी पार्टी (नेसपा)को संयुक्त बैठकले शीघ्र अधिवेशन आह्वान गर्न माग गरेको हो। 

images

संघीय संसद्को नियमित अधिवेशन बोलाएर कानून निर्माण नगरी, संसदीय समितिमा छलफलको क्रममा रहेका विधेयक फिर्तासमेत नलिइ अध्यादेश जारी गरेकामा बैठकले विमति जनाएको छ। 

images
images
images

बैठकले शान्तिप्रक्रियाका बाँकी कामसँग सम्बन्धित बेपत्ता प्रक्रियालाई अबिलम्व अघि बढाई पीडितहरूलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराएको छ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, राजमोका उपाध्यक्ष दुर्गा पौडेल, आजपाका सहअध्यक्ष तिलक थापा मगर र नेसपाका अध्यक्ष महेन्द्र राय यादवलगायत नेता सहभागी थिए। रासस


प्रकाशित : शुक्रबार, माघ ४ २०८११७:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend