शनिबार, असोज ५ गते २०८१    
images
images

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुरारकासहित ९ उद्योगीविरुद्ध भ्रष्टाचारको मुद्दा  

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १२ २०७८
images
images
उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुरारकासहित ९ उद्योगीविरुद्ध भ्रष्टाचारको मुद्दा  

विभागले ९ वटा कम्पनीहरुबाट वार्षिक प्रति आर्थिक वर्ष १/१ लाख रूपैयाँ दरले जरिबाना लिने गरी विभागीय निर्णय गरेको थियो।  

images
images

काठमाडौं- खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसमेत १८ जना तथा ९ कम्पनी उपर अख्तियार दुरुपययोग अनुसन्धान आयोगले १ अर्ब २४ करोड ४५ लाख २६ हजार ६ सय ४३ रुपैयाँ बिगो कायम गरी राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ।

images
images
images

तोकिएको भन्दा बढी बढी चुनढुंगा उत्खनन् गरेको र त्यस बापतको राजस्व नबुझाएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो। यसरी राजस्व चुहावटमा नियन्त्रण नगरी उल्टै छुट दिएको अभियोग घिमिरेमाथि छ। 

विभागका महानिर्देशक रामप्रसाद घिमिरेले आफ्नै नेतृत्वमा गठित समिति (पहिलो) ले दिएको प्रतिवेदन अनुसार लिनुपर्ने क्षतिपूर्ति  नभराई जयराज घिमिरेको नेतृत्वमा बदनियतपूर्वक दोश्रो समिति गठन गरी नेपाल सरकारलाई राजस्व हानि नोक्सानी हुने र निजी उद्योगरकम्पनीहरुलाई फाइदा पुग्ने गरी दोश्रो समितिले तयार गरेको गलत प्रतिवेदनले सिफारिस गरेबमोजिम माइनिङ्ग स्किममा आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ को लागि तोकिएको वार्षिक स्वीकृत क्षमताभन्दा बढी (अधिक) चुनढुङ्गा उत्खनन् र उत्पादन गर्ने दिएको आरोप पत्रमा उल्लेख छ।

अख्तियारले सर्वोत्तम सिमेन्ट लिमिटेड, सिद्धार्थ मिनरल्स प्रालि, मारुती सिमेन्टस् लिमिटेड, अन्नपूर्ण क्वेरिज प्रालि, उदयपुर मिनरल्स टेक प्रालि, युनाइटेड सिमेन्ट प्रालि, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, कन्चन क्वेरिज प्रालि र डोलोमाइट चुनढुंगा उद्योग प्रालि समेतका ९ वटा कम्पनीहरुबाट वार्षिक प्रति आर्थिक वर्ष १/१ लाख रूपैयाँ दरले जरिबाना लिने गरी विभागीय निर्णय गरेको जनाएको छ। 

images

यसैगरी अख्तियारले क्षतिपूर्ति (राजस्व) उठाउने कानूनी कर्तव्यबाट विमुख भई सामान्य जरिवाना मात्र लिइ नेपाल सरकारलाई एक अर्ब चौबिस करोड पैंतालीस लाख छब्बिस हजार छ सय त्रिचालीस रुपैयाँ हानिनोक्सानी पुग्ने गरी राजस्व चुहावट गरी भ्रष्टाचार गरेको स-प्रमाण पुष्टि भएको अख्तियारको आरोप पत्रमा उल्लेख छ।

कसका विरुद्ध मुद्दा?

INDUSTRY.JPG

कुन उद्योगले कति चनुढुंगा बढी उत्खनन् गरे? 
१ सिद्धार्थ मिनरल्स प्रालि: ९ लाख ८९ हजार १०३ टन 
२ मारुती सिमेन्टस् लिमिटेड: ३ लाख ७२ हजार ८४५ टन 
३ अन्नपूर्ण क्वेरिज प्रालि: २ लाख ३८ हजार ९०० टन 
४ सर्वोत्तम सिमेन्ट २ लाख ५१ हजार टन 
५ युनाइटेड सिमेन्ट प्रालि: १ लाख ९३ हजार ८८१ टन 
६ सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड: २ लाख ५७ हजार ५३४ टन 
७ डोलोमाइट चुनढुंगा उद्योग प्रालि: १ लाख ३५ हजार ८०० 
८ कन्चन क्वेरिज प्रालि: ९४ हजार ९८२ 
९ उदयपुर मिनरल्स टेक प्रालि: ५९ हजार ९०६ टन 


प्रकाशित : बुधबार, माघ १२ २०७८११:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend