बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

समस्याग्रस्त घोषणा गर्ने राष्ट्र बैंकको तयारीसँगै पोखरा फाइनान्सको सेयरमा नकारात्मक सर्किट

images
बिहीबार , माघ ३ २०८१
images
images
समस्याग्रस्त घोषणा गर्ने राष्ट्र बैंकको तयारीसँगै पोखरा फाइनान्सको सेयरमा नकारात्मक सर्किट
images
images

काठमाडौं- पोखरा फाइनान्स समस्याग्रस्त घोषणा गर्दै टेकओभर गर्न नेपाल राष्ट्र बैंकले तयारी गरेसँगै यसको सेयरमा नकारात्मक सर्किट लागेको छ। नेप्सेमा भएको यो साताको अन्तिम दिनको कारोबारमा पोखरा फाइनान्सको सेयर मूल्य ४८.१० रुपैयाँले घटेको हो। १० प्रतिशतको गिरावटसँगै नेप्सेमा सेयर मूल्य ४३३ रुपैयाँमा आएको छ।

images
images
images

सबैभन्दा बढी कारोबार हुने कम्पनीको सूचीमा पोखरा फाइनान्स पनि रहेको छ। बिहीबार यस कम्पनीको २ लाख ५७ हजार ९ सय ६६ कित्ता सेयर खरिद बिक्रीबाट १ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

images

हालै बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले पोखरा फाइनान्सलाई १५ दिनको सफाइको मौका दिने निर्णय गरेको छ। १५ दिनभित्र पठाएसँगै राष्ट्र बैंकले यस वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गर्ने तयारी रहेको राष्ट्र बैंक स्रोतको दाबी छ। 

images
images
images

राष्ट्र बैंकले प्रकाशन गरेको पछिल्लो तथ्यांकमा पोखरा फाइनान्सको खराब कर्जा ४१ प्रतिशत र पुँजीकोष ८.५७ प्रतिशतले ऋणात्मक रहेको छ। पुँजीकोष ऋणात्मक भइसकेकाले यस वित्तीय संस्थाको खराब कर्जा अझै बढी ऋणात्मक रहेको अनुमान भइरहेको छ। 

पुँजीकोष नै ऋणात्मक भइसकेकाले पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापन नियन्त्रणमा नलिएमा निक्षेपकर्ताले पैसा फिर्ता पाउने सम्भावना कम हुँदै जाने बुझाइ राष्ट्र बैंकभित्र छ। 

राष्ट्र बैंकले १५ दिने सफाइ पठाउँदै निक्षेप संकलन तथा कर्जा प्रवाहमा प्रतिबन्ध लगाउने सम्भावना उच्च रहेको बताएको छ। पोखरा फाइनान्ससँगै नारायणी डेभलपमेन्ट बैंक र जानकी फाइनान्सको स्थिति पनि नाजुक देखिन्छ।

उक्त दुई संस्थामाथि कारबाहीको प्रक्रिया सुरु गर्ने वा नगर्ने भन्ने विषयमा गभर्नर महाप्रसाद अधिकारी दोधारमा देखिन्छन्। कार्यकाल सकिन केही समयमात्रै बाँकी रहेकाले गभर्नर अधिकारीले उक्त संस्थाहरूलाई कारबाही गर्ने सम्भावना न्यून रहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्।

पोखरा फाइनान्ससँगै जानकी फाइनान्सको सेयर मूल्यमा पनि ९.३९ प्रतिशतले घटेको छ। बिहीबार यस कम्पनीको सेयर मूल्य ५८ रुपैयाँले घटेर ५६० रुपैयाँमा बन्द भएको छ। 


प्रकाशित : बिहीबार , माघ ३ २०८११६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend