शनिबार, साउन १२ गते २०८१    
images
images
images
नेपाल-भारतमैत्री पशुपति धर्मशाला भाडा प्रकरण

अहिले नै सम्झौता रद्द भएको छैन, कानूनी प्रक्रिया पूरा गरेर रद्द गर्छौं : सदस्य सचिव थापा

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १२ २०७८
images
images
अहिले नै सम्झौता रद्द भएको छैन, कानूनी प्रक्रिया पूरा गरेर रद्द गर्छौं : सदस्य सचिव थापा
images

काठमाडौं- पशुपति क्षेत्र विकास कोषमा सदस्य सचिव डा. मिलन कुमार थापाले नेपाल-भारतमैत्री पशुपति धर्मशाला लिजआउट सम्बन्धि सम्झौता रद्द गर्ने बताएका छन्।

images
images

डाक्टर थापाले अहिले  धर्मशाला लिज सम्झौता रद्द नभइसकेको र सबै प्रक्रिया पूरा गरेर अबको एक साताभित्र सम्झौता रद्द गर्ने बिजनेस न्युजसँग बताए।

images

पशुपति धर्मशाला २०७६ वैशाखदेखि बतास समूहको होटल आनन्द प्रालिले सञ्चालन गर्दै आएको छ। बतासलाई धर्मशाला सञ्चालन गर्ने दिने निर्णय गर्ने तत्कालीन सदस्य सचिव प्रदीप ढकाल र तत्कालीन कोषाध्यक्ष तथा वर्तमान सदस्य सचिव थापा नै थिए।

उनीहरूले नै धर्मशाला भाडामा लगाउने कार्यविधि पशुपति क्षेत्र विकास कोष परिषद्को सञ्चालक समितिबाट पास नै नभएको अवस्थामा कार्यसम्पपादन समितिबाट निर्णय गराउँदै धर्मशाला १५ वर्षका लागि भाडामा दिने निर्णय गरेका थिए।

images

धर्मशाालामा बतास समूहले गरिरहेको व्यापारको विषयमा परिषद्ले नै छानबिन समिति बनाएको थियो। समितिमा पशुपति क्षेत्र विकास कोषका कोष अध्यक्ष नारायण प्रसाद सुवेदी संयोजक थिए। उनैको संयोजकत्वमा भनेको कमिठिले धर्मशाला भाडामा दिने सम्झौता कानून विपरित रहेको ठहर गर्दै प्रक्रियामा सहभागी सबैलाई कारबाही गर्न सुझाव दिएको थियो।

समितिले तयार पारेको रिपोर्ट मंगलबार बसेको परिषद्को बैठकमा पेस भएको थियो। परिषद्ले समितिको रिपोर्ट अनुमोदन गर्दै दोषी ठहर भएका तत्कालीन कोषाध्यक्ष तथा वर्तमान सदस्य सचिव थापाकै संयोजकत्वमा समितिले दिएको सुझाव कार्यान्वयन गर्न कमिटीसमेत बनाएको छ।                                              

 


प्रकाशित : बुधबार, माघ १२ २०७८११:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend