मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

उतारचढावबीच पुन: ओरालोतिरै सेयर बजार, ७ अंकले घट्यो, ५ अर्ब ९३ करोडको कारोबार

बिहीबार , माघ ३ २०८१
उतारचढावबीच पुन: ओरालोतिरै सेयर बजार, ७ अंकले घट्यो, ५ अर्ब ९३ करोडको कारोबार

काठमाडौं- उचाइतर्फ लाग्ने अपेक्षाविपरीत सेयर बजार उताचढावबीच ओरालो गतिमा नै बढी देखिएको छ। पुस महिनामा नै ८८.१३ अंकले ओरालो लागेको बजार माघमा उचाइतर्फ फर्किने अपेक्षा गरिए पनि सुरुवाती संकेत कमजोर नै देखिएको छ। 

यो साता पहिलो कारोबारमा आइतबार २५.४१ अंकले घटेको बजार सोमबार १५.५४ अंकले घटेर २५९४.१३ बिन्दुमा झरेको थियो। मंगलबार बन्द रहेको बजार बुधबार १.८३ अंकले बढेर २५९५.९६ बिन्दुमा पुगेको थियो। बिहीबार पुन: बजार घटेको छ।

बिहीबार ७.३३ अंकले घटेर बजार २५८८.६२ बिन्दुमा झरेको छ। ८८ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ५ अर्ब ९३ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ। १५२ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

बजार वृद्धितर्फ बढ्न सबै सूचकले साथ दिएको विश्लेषकहरूले बताइरहँदा लगानीकर्ता विश्वस्त देखिन सकेका छैनन्। लगानीकर्ताहरू अझै पनि पर्ख र हेरको सोचमा नै देखिन्छन्। 

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा मंसिर र पुसमा पनि पूरा हुन सकेन।


प्रकाशित : बिहीबार , माघ ३ २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend