मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

महालक्ष्मी विकास बैंकद्वारा बचतमै मुद्दतीसरहको ब्याज पाइने 'रिकरिङ्ग बचत खाता' सञ्चालनमा

बिहीबार , माघ ३ २०८१
महालक्ष्मी विकास बैंकद्वारा बचतमै मुद्दतीसरहको ब्याज पाइने 'रिकरिङ्ग बचत खाता' सञ्चालनमा

अभिभावकद्वारा सञ्चालन गर्न सकिने यस खातामा अवधि समाप्तिपश्चात एकमुष्ट रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

काठमाडौं- महालक्ष्मी विकास बैंकले बचतमै मुद्दतीसरहको ब्याज पाइने 'रिकरिङ्ग बचत खाता' सञ्चालनमा ल्याएको छ।

बालबालिकाहरुको भोलिको दिनहरुमा आइपर्न सक्ने वित्तीय आवश्यकतालाई सानै उमेरदेखि नै सम्बोधन गर्ने गरी बचतमै मुद्दतीसरहको ब्याज पाइने 'महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट एकाउण्ट' सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

यस खाताअन्तर्गत बचतकर्ताले १ वर्षदेखि १० वर्षसम्म मासिक वा त्रैमासिकरुपमा एक निश्चित रकम निरन्तररुपमा बचत गर्न सक्नेछन् जसबाट १ वर्षको व्यक्तिगत मुद्दतीबराबरकै ब्याजको लाभ लिन सक्नेछन्।

अभिभावकद्वारा सञ्चालन गर्न सकिने यस खातामा अवधि समाप्तिपश्चात एकमुष्ट रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

मुद्दती खाताजस्तो धेरै रकम पनि नचाहिने, मात्र ५ सय रूपैयाँबाट समेत सुरुवात गर्न सकिने, ब्याज पनि आकर्षक पाइने बैंकले जनाएको छ।

भोलिको दिनमा एकमुष्ट प्राप्त हुने रकमबाट आफ्नो बालबालिकाहरुको शिक्षा दिक्षा तथा अन्य वित्तीय आवाश्यकताहरुको परिपूर्ति गर्न समेत सहज हुने भएकोले महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट खाता ग्राहकहरुको लागि एक उत्तम खाता हुन सक्ने विश्वास बैंकले लिएको छ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै 'महालक्ष्मी स्मार्ट साथी' सञ्चालनमा ल्याइएको पनि जानकारी दिएको छ। 


प्रकाशित : बिहीबार , माघ ३ २०८११४:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend