मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

एनआईसी एसिया बैंकको सञ्चालक समितिबाट वित्तीय विवरण स्वीकृत, लाभांश वितरण नगर्ने निर्णय

बिहीबार , माघ ३ २०८१
एनआईसी एसिया बैंकको सञ्चालक समितिबाट वित्तीय विवरण स्वीकृत, लाभांश वितरण नगर्ने निर्णय

बैठकले राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपश्चात यथाशीघ्र बैंकको २७औँ वार्षिक साधारणसभा गर्ने निर्णय पनि गरेको छ।

काठमाडौं- एनआईसी एसिया बैंक लिमिटेडको सञ्चालक समितिको ६९४औँ बैंठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृत गरेको छ।

पुस २९ मा सम्पन्न बैठकले बैंकको आर्थिक वर्ष २०८०/८१ को नाफानोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्वीकृत गर्नुका साथै सोको अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णयसमेत गरेको छ।

बैठकले आव २०८०/८१ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय पनि गरेको बैंकले जनाएको छ।

साथै नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपश्चात यथाशीघ्र बैंकको २७औँ वार्षिक साधारणसभा गर्ने निर्णय पनि सञ्चालक समितिको बैठकले गरेको बैंकका प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाले जानकारी दिए।


प्रकाशित : बिहीबार , माघ ३ २०८११४:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend