बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

घरजग्गा कारोबारमा देखियो सुधार, मंसिरमा भन्दा पुसमा झण्डै ५ हजार बढी लिखत पास

images
बिहीबार , माघ ३ २०८१
images
images
घरजग्गा कारोबारमा देखियो सुधार, मंसिरमा भन्दा पुसमा झण्डै ५ हजार बढी लिखत पास

पछिल्लो तीन वर्षदेखि नै बढ्न नसकेको घरजग्गा कारोबार चालुवर्षको सुरुदेखि नै बढ्ने अनुमान गरिएको थियो। पछिल्लो चार महिनायता खासै नबढेता पनि मंसिरदेखि सुधार देखिएको छ।

images
images

काठमाडौं- पुस महिनामा घरजग्गा कारोबारमा सुधार देखिएको छ। देशभरका मालपोत कार्यालयहरूबाट पुसमा ४८ हजार १ सय ५६ लिखत पास भएको छ।

images
images
images

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को पुसमा ४५ हजार २ सय ७७ लिखत पास भएको थियो।

images

मंसिरमा देशभर ४३ हजार ३ सय ७९ लिखत पास भएको थियो। पुसमा मंसिरको तुलनामा ४ हजार ७ सय ७७ भन्दा बढीले लिखत पास भएको छ।

images
images
images

पुसमा मालपोत कार्यालयहरूले ४ अर्ब २५ करोड रुपैयाँ राजस्व उठाएका छन्। गत वर्ष पुसमा घरजग्गा किनबेचबाट ३ अर्ब २० करोड रुपैयाँमात्रै राजस्व उठेको थियो। गत मंसिरमा भने तीन अर्ब ८७ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो।

गत कात्तिकमा घर जग्गाको कारोबारबाट दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ बराबरको राजस्व संकलन भएकामा मंसिरमा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर संकलन भएको थियो।

यस्तै गत कात्तिकमा देशभर ३३ हजार पाँच सय १४ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो। असोजमा घरजग्गा कारोबार झनै ओरालोतिर लागेको थियो। गत साउनमा पनि बढ्न नसकेको कारोबार भदौमा पनि ओरालो लागेको थियो।

चालु आर्थिक वर्षको असोजमा ३२ हजार ५ सय ४३ लिखत पास भएको थियो। गतवर्षको असोजमा ३९ हजार ८ सय ८१ लिखत पास भएको थियो। चालु वर्षको भदौमा पनि देशभर कुल ३२ हजार ७ सय ९८ लिखत पास भएको थियो।

चालु वर्षको भदौमा भदौमा ३ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। गत वर्षको भदौमा ३ अर्ब ४ करोड राजश्व उठेको थियो।भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउनमा ४३ हजार ८ सय ३५ घरजग्गा कारोबार भएको थियो। घरजग्गा कारोबारबाट साउनमा ३ अर्ब ८३ करोड ५० लाख राजश्व संकलन भएको थियो।

पछिल्लो तीन वर्षदेखि नै बढ्न नसकेको घरजग्गा कारोबार चालुवर्षको सुरुदेखि नै बढ्ने अनुमान गरिएको थियो। पछिल्लो चार महिनायता खासै नबढेता पनि मंसिरदेखि सुधार देखिएको छ।

हाल बैंकिङ प्रणालीमा करिब ७ खर्ब रुपैयाँ रहेको छ। बैंकहरूमा निक्षेप थुप्रिएर ब्याजदर सस्तो हुँदा पनि कर्जा जान सकेको छैन।


प्रकाशित : बिहीबार , माघ ३ २०८११२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend