सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

विद्युत् आयोजनाको पहुँच मार्ग विस्तारको क्रममा पहिरामा परेर कामदारको मृत्यु

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १२ २०७८
images
images
विद्युत् आयोजनाको पहुँच मार्ग विस्तारको क्रममा पहिरामा परेर कामदारको मृत्यु

गम्भीर घाइते हुने अर्का कामदार सिम्रिक एअरको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ।

images
images

रसुवा- विद्युत् आयोजनाको पहुँच मार्ग विस्तारका क्रममा गएको सुक्खा पहिराका कारण बुधबार एक कामदारको ज्यान गएको छ। सो पहिरामा परी निधन हुनेमा रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका-६ ठाडे गाउँ निवासी अन्दाजी ५५ वर्षीय ग्याल्वोछिरिङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

images
images

निमित्त प्रहरीप्रमुख गणेश सापकोटाका अनुसार निर्माण हुन लागेको ७८ मेगावाट क्षमताको सालासुङ्गी हाइड्रो पावर जाने सडक विस्तारका क्रममा पहिरो जाँदा तामाङको मृत्यु भएको हो। घटनास्थल थाम्वुचेतमाथि तातोपानी जाने बाटोको गोङगाङ गाउँमाथि भएको बताइएको छ।

images
images

यस्तै सोही पहिरामा परी गम्भीर घाइते हुने अर्का कामदार आमाछोदिङ्मो गाउँपालिका-५ गोङ्गाङ  निवासी ५४ वर्षीय कार्साङ तामाङलाई भने उपचारार्थ सिम्रिक एअरको हेलिकोप्टरबाट काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। रासस

images
images
images

 


प्रकाशित : बुधबार, माघ १२ २०७८११:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend