मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

भौतिक विकासको प्रतिस्पर्धामा हिमालको अस्तित्व जोगाउनुपर्ने चुनौती : पर्यटनमन्त्री

images
बुधबार, माघ २ २०८१
images
भौतिक विकासको प्रतिस्पर्धामा हिमालको अस्तित्व जोगाउनुपर्ने चुनौती : पर्यटनमन्त्री

नेपाल भौतिक र पुरातात्विक संस्कृतिले धनी रहेको बताउँदै उनले सांस्कृतिक विविधताको सदुपयोग गर्दै पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिए।

images
images

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनको असर कम गर्दै हिमालको अस्तित्व र पहिचान जोगाउनुपर्ने चुनौती रहेको बताएका छन्।

images
images
images

आय यहाँ आयोजित एभरेष्ट टुरिजम अवार्ड, २०२५ का अवसरमा पर्यटन क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्दै उनले धनी मुलुकले गरिरहेको भौतिक विकासको प्रतिस्पर्धामा हामीसँग हिमाल जोगाउने चुनौती रहेको बताएका हुन्।

images
images

'हिमालको हिउँ पग्लँदै गर्दा हिमाल, पहाड र तराईमा मात्रै असर गर्दैन, यसले समुन्द्रसम्म र समग्र पृथ्वीमा असर गर्छ, त्यसैलै विश्वको पारिस्तिथिक प्रणाली जोगाउन पनि हिमाल बचाउनुपर्ने आवश्यकता छ', उनले भने।

images
images

मन्त्री पाण्डेले मन्त्रालय यसका लागि सदैव तयार रहेको उल्लेख गर्दै हिमाल जोगाउन निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाए।

नेपाल भौतिक र पुरातात्विक संस्कृतिले धनी रहेको बताउँदै उनले सांस्कृतिक विविधताको सदुपयोग गर्दै पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिए।

'आज मुलुकको पर्यटन क्षेत्रको विकासमा योगदान पुर्‍याउनुहुने व्यक्तित्वलाई सम्मान गर्न पाउँदा खुसी लागेको छ', मन्त्री पाण्डेले भने, 'उहाँहरुले  कोरेको पर्यटनको बाटोबाटै पर्यटन क्षेत्रको विकास सम्भव छ।' रासस


प्रकाशित : बुधबार, माघ २ २०८११७:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend