मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगातार ओरालो लागेको सेयर बजार बुधबार सामान्य बढ्यो

बुधबार, माघ २ २०८१
लगातार ओरालो लागेको सेयर बजार बुधबार सामान्य बढ्यो

बजार वृद्धितर्फ बढ्न सबै सूचकले साथ दिएको विश्लेषकहरूले बताइरहँदा लगानीकर्ता भने विश्वस्त देखिन सकेका छैनन्।

काठमाडौं- यो साता पहिलो र दोस्रो कारोबारमा ओरालो लागेको सेयर बजार साताको तेस्रो कारोबारमा भने उकालोतर्फ लागेको छ।

आइतबार २५.४१ अंकले घटेर २६०९.६७ बिन्दुमा ओर्लिएको बजार सोमबार १५.५४ अंकले घटेर २५९४.१३ बिन्दुमा झरेको थियो। बुधबार भने बजार १.८३ अंकले बढेर २५९५.९६ बिन्दुमा पुगेको छ।

बुधबार १ सय २४ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ५ अर्ब ८२ करोड ४९ लाख रूपैयाँको कारोबार भएको छ। आज १ सय ८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।

उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा लामो समयपछि निरन्तर वृद्धि देखिएको थियो। अहिले उक्त वृद्धि रोकिएर बजार निरन्तर ओरालोतिर देखिएको छ। बजार वृद्धितर्फ बढ्न सबै सूचकले साथ दिएको विश्लेषकहरूले बताइरहँदा लगानीकर्ता भने विश्वस्त देखिन सकेका छैनन्। लगानीकर्ताहरू अझै पनि पर्ख र हेरको सोचमा नै देखिन्छन्।

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा मंसिर र पुसमा पनि पूरा हुन सकेन। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो भने कात्तिक २९ गते २७४८.७८ बिन्दुमा पुगेको थियो। मंसिरको अन्तिम कारोबारमा २७ गते २६८२.२९ बिन्दुमा रहेको बजार पुस २९ गते २५९४.१३ बिन्दुमा झर्‍यो।


प्रकाशित : बुधबार, माघ २ २०८११५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend