शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

उच्च अंकले बढेर फेरि घट्दो ट्रेन्डमा सेयर बजार, आउने सातादेखि पुन: बढ्ने विश्लेषण

images
बुधबार, माघ १२ २०७८
images
उच्च अंकले बढेर फेरि घट्दो ट्रेन्डमा सेयर बजार, आउने सातादेखि पुन: बढ्ने विश्लेषण
images
images

काठमाडौं- बढिरहेको सेयर बजार अहिले पुन: घट्दो ट्रेन्डमा प्रवेश गरेको छ। पुस ५ देखि यता ५६२ अंकले बढेको बजार यो साताको पहिलो दिन आइतबारदेखि नै लगातार घटिरहेको छ। विश्लेषकहरूले यसलाई करेक्सन भएको भन्दै आउने सातादेखि फेरि बजारले नयाँ उचाइ लिने बताउँदै आएका छन्। 

images
images
images

आइतबार १०.८३ ले घटेको बजार सोमबार ९९.८६ अंकले घटेको थियो। मंगलबार ५.९२ को झिनो अंकले घटेको बजार बुधबार पुन: ३८.४५ अंकले घटेर २७७६.६१ बिन्दुमा पुगेको छ। बुधबारसहित यो साताको चार दिनमा नै बजार १५४.६१ अंकले घटेको छ। 

images
images

तीन सातादेखि सकारात्मक देखिएको बजारमा यो साता भने सुधार देखिन सकेको छैन। गएको साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक ७३.५९ अंकले बढेर २९३१.५९ बिन्दुमा पुगेको थियो। त्यसअघिको साता बजार १६५.२८ अंकले बढेको थियो।

images
images

बजार ३२०० सयबाट घट्दै बढ्दै गर्दा २२०० बाट टेको लागेर अगाडि बढेकाले अबको बजार ३२०० भन्दा माथि जाने प्राविधिक तथ्यांकले देखाउने विश्लेषकहरूले बताइरहँदा यो साता भने बजार लगातार घटिरहेको हो। यद्यपि विश्लेषकहरूले अहिले घट्नु बजारमा करेक्सन मात्रै आएको बताउँदै आएका छन्।

गठबन्धन सरकारले स्थानीय चुनाव बैशाखमा नभइ असोजमा गर्नेबारेको सहमतिले बजारलाई त्रसित पारेको छ। चुनाव समयमै भयो भने बजारले नयाँ उचाइ लिन्छ भन्ने लगानीकर्ताको विश्वास थियो। तर लगानीकर्ताको बुझाइ विपरित असोजमा चुनाव गर्ने गठबन्धनको सहमतिले बजारमा घटिरहेको छ।

प्राय चुनावका वर्षहरूमा सेयर बजार उच्च अंकमा जाने गरेको छ। विस्तारै लगानीकर्ताको मनोबल बढ्ने भएकोले चुनावको चर्चाले घटेको बजार धेरै दिन नघट्ने विश्लेषकहरू दाबी गरिरहेका छन्। 

नेपाल राष्ट्र बैंकले सरकारको लागि चालु आर्थिक वर्षमा थप २ खर्ब ३३ अर्ब आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेका कारण पनि लगानीकर्ता थप दवावमा परेको देखिन्छ। सरकारको लागि राष्ट्र बैंकले २ खर्ब ३३ अर्ब आन्तरिक ऋण उठाउँदा अहिले दबाबमा रहेको तरलता थप दबाबमा पर्ने बुझाइले बजार घट्नमा मद्दत गरेको जानकारहरू बताउँछन्।


प्रकाशित : बुधबार, माघ १२ २०७८०९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend