बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

क्रोएसिया पठाइदिने भन्दै १५ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २ २०८१
images
images
क्रोएसिया पठाइदिने भन्दै १५ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

'क्रोएसिया पठाइदिने भन्दै दुई जनाबाट १५ लाख रुपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो'

images
images

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारमा क्रोएसिया पठाइदिने भन्दै १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

images
images
images

पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका-५ घर भइ काठमाडौं गोकर्णेश्वर नगरपालिका-२ बस्ने २९ वर्षीय निम पासी शेर्पा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

images
images

'शेर्पाले क्रोएसिया पठाइदिने भन्दै दुई जनाबाट १५ लाख रुपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो' उनले भने।

images
images
images

निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। 


प्रकाशित : बुधबार, माघ २ २०८१११:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend