शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

गाउँका सुन्तला बिक्रीबाट शहरमा घडेरी

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १२ २०७८
images
गाउँका सुन्तला बिक्रीबाट शहरमा घडेरी
images
images

पर्वत- यहाँको जलजला गाउँपालिका-१ बाँसखर्कका किसानले यस वर्ष करिब पाँच करोड रूपैयाँको सुन्तला बिक्री गरेका छन्। अनुकूल मौसमका कारण किसानले यस वर्ष सुन्तला बिक्रीबाट राम्रो आम्दानी लिन पाएका हुन्।

images
images
images

व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका दुई सयभन्दा बढी परिवारले सुन्तला बिक्रीबाट गाउँमा पाँच करोड भित्र्याएको स्थानीय बजार मारे सुन्तला उत्पादन सहकारी संस्था बाँसखर्कका अध्यक्ष जगतबहादुर खत्रीले जानकारी दिए। उक्त गाउँमा गत वर्ष तीन करोड रूपैयाँ सुन्तला बेचेर भित्रिएको थियो। 

images
images

'बोटबाटै प्रतिकिलो १३० देखि १५० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छौँ,' उनले भने, 'पोखरा, मुग्लिन र नारायणगढ लगायतका बजारबाट व्यववसायी आएर सुन्तला खरिद गरे।  माग पूरा गर्नै सकिएको छैन। ढिलो गरी पाक्ने र स्वादिलो हुने भएकाले यहाँको सुन्तलाको माग बढी हुने गरेको छ।' 

images
images

बाँसखर्कमा अन्य खाद्यान्न र फलफूल उत्पादन हुँदैन। किसानले धान, कोदो र मकैभन्दा सुन्तला खेतीले फाइदा हुने भएपछि सुन्तलालाई मुख्य आम्दानीका रुपमा लिँदै आएका छन्। न्यूनतम पाँच लाख रूपैयाँभन्दा थोरै कमाउने कुनै घरै छैनन्' अध्यक्ष खत्रीले भने, 'बढीमा १९ लाख रूपैयाँसम्म आम्दानी गर्ने परिवारसमेत रहेका छन्।'

उनले यस वर्ष झन्डै १३ लाख रूपैयाँ आम्दानी गरेको सुनाए। उनका अनुसार गाउँमा सबैभन्दा बढी भक्तबहादुर पाइजाले सुन्ता बिक्री गरेका छन्। उनले यस वर्ष झन्डै १६ लाख रूपैयाँ आम्दानी हुने बताए। सुन्तलाको कमाईले बजारमा घरघडेरी नजोडेका निकै कम छन्। उनका अनुसार घरको आँगनसमेत सुन्तलाका बोटले ढाकिएको छ।

सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा विगत तीन वर्षअघि ६७ लाख खर्चिएर शीतभण्डार केन्द्र सञ्चालन गरिएको छ। शीतभण्डार सञ्चालन भएपछि किसानलाई सुन्तला भण्डारण गर्न र बेसिजनमा बिक्री गर्न सहज भएको स्थानीयवासी कल्पना खत्रीले बताए। तर अधिकांश सुन्तला बोटबाटै बिक्री हुने भएकाले भण्डारण गर्नुपर्ने समस्या नभएको उनको भनाइ छ। 

सुन्तलाका लागि उपयुक्त क्षेत्र भएकाले बाँसखर्कमा बर्सेनि क्षेत्रफल विस्तार हुँदै आएको छ। विगत चार वर्ष अघिसम्म १६१ परिवारले मात्रै व्यावसायिक सुन्तला खेती गर्दै आएको यो गाउँमा अहिले २१० परिवार आबद्ध भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ। 

यहाँका अधिकांश कृषक अन्नबाली छाडेर सुन्तला खेतीमा लागेका छन्। यहाँ कोदो र मकै उत्पादन हुने गर्दथ्यो। अहिले भने खेतबारी सबै सुन्तलाको बगानले ढाकिएको छ। सिङ्गो गाउँ नै पहेँलपुर बनेको छ। माघ पहिलो सातादेखि यहाँका सुन्तला बजार जान थालेका हुन्।

अधिकांश सुन्तला बजार झरिसकेको र बाँकी रहेका बगैँचामा पनि व्यवसायीहरु आफैँ गएर टिप्न थालेको स्थानीयवासी यामबहादुर गर्बुजाले बताए। रासस 


प्रकाशित : बुधबार, माघ १२ २०७८०८:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend