बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

माइती नेपाललाई एक करोड रुपैयाँ सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १ २०८१
images
images
माइती नेपाललाई एक करोड रुपैयाँ सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा

प्रधानमन्त्री ओलीले अवलोकनका क्रममा देखेका र सुनेका समस्यालाई समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास दिलाए।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपाललाई एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

images
images
images

माइती नेपालको गौशालास्थित केन्द्रीय कार्यालयमा हिजो सोमबार स्थलगत अवलोकन गरी संस्थाको अक्षय कोष वृद्धि गर्न उक्त रकम दिने घोषणा गरेका हुन्।

images
images

चेलिबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहित पदाधिकारी, आश्रित महिला र बालबालिकासँग उनले छलफल गरेका थिए। उक्त छलफल पछि सरकारले गर्नुपर्ने काममा संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने घोषणा गरेका हुन्।

images
images
images

प्रधानमन्त्री ओलीले अवलोकनका क्रममा देखेका र सुनेका समस्यालाई समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास दिलाए। उनले सो संस्थाको प्रशंसा गरे।

नागरिकको रक्षा र हेरचाहको जिम्मेवारी सरकारको भए पनि विविध सीमा र कतिपय अप्ठ्याराका कारण गर्न नसकिएका कामलाई यस्ता संस्थाले निरन्तरता दिएकामा उनले सन्तोष व्यक्त गरे।

प्रधानमन्त्री ओलीले संस्थामा सञ्चालित पुनःस्थापना गृह, बाल संरक्षण गृह, एचआइभी उपचारको एआरटी केन्द्र, टेरेसा एकेडेमी स्कूललगायतको अवलोकन गरे। रासस


प्रकाशित : मंगलबार, माघ १ २०८११०:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend