बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

सोलुखुम्बुमा हिमपात, सडक अवरुद्ध

images
सोमबार, पुस २९ २०८१
images
images
सोलुखुम्बुमा हिमपात, सडक अवरुद्ध
फाइल तस्बिर

सडक अवरुद्ध भएपछि प्रहरी सहायक निरीक्षक मोहनप्रसाद अधिकारीको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ गएको छ।

images
images

सोलुखुम्बु- सोलुखुम्बुमा हिमपात भएको छ। जिल्लाको तल्लो क्षेत्रमा हिमपात भएपछि सडक अवरुद्ध भएको छ। 

images
images
images

हिउँ जमेपछि लिखुपिके गाउँपालिका-५ भकान्जे लप्सु हुँदै लामजुरासम्मको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।

images
images

सडक अवरुद्ध भएपछि प्रहरी सहायक निरीक्षक मोहनप्रसाद अधिकारीको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ गएको छ। सडक खुलाउन समय लाग्ने उनले बताए।

images
images
images

सडकमा हिउँमा चिप्लिएर सवारीसाधन दुर्घटना हुने सम्भावना भएकाले पताले, लामाजुरालगायत क्षेत्रमा यात्रा गर्ने सबैलाई सावधानी अपनाउन प्रहरीले अपिल गरेको छ। माथिल्लो सोलुखुम्बुमा यसअघि नै हिमपात भए तल्लो सोलुमा भने यसवर्ष पहिलो पटक हिमपात भएको हो।

हिउँ परेपछि यहाँको जनजीवन प्रभावित बनेको छ। रासस


प्रकाशित : सोमबार, पुस २९ २०८११७:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend