काठमाडौं- नेपाल वायु सेवा निगमको सम्पत्ति मूल्यांकन कम गरेर कम्पनी मोडलमा लैजान सिफारिस गर्ने निगमका तत्कालीन अर्थ विभागका प्रमुख युवराज अधिकारीलाई नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले कार्यकारी अध्यक्ष नियुक्ति गरेको तथ्य खुलासा भएको थियो।
निगमलाई कम्पनी मोडलमा रुपान्तरण गरी सञ्चालन गर्न भनेर पूर्वकार्यकारी अध्यक्ष मदन खरेलले वर्तमान कार्यकारी अध्यक्ष अधिकारीकै संयोजकत्वमा अध्ययन कमिटी बनाएका थिए।
अधिकारीकै कमिटीले निगमको सम्पत्ति मूल्यांकन गरेको थियो। अधिकारीले नै निगमको सम्पत्ति ५५ अर्ब रूपैयाँको हाराहारीमा मात्रै रहेको विवरणसहितको प्रतिवेदन निगममा पेश गरेका थिए।
२०७५ मंसिर २५ गते तत्कालीन अध्यक्ष मदन खरेलले अधिकारीकै संयोजकत्वमा उपसिमिति गठन गरका थिए। उपसमितिमा दिपेन्द्र सुवेदी, अनिशा खड्का, ललिता सापकोटा, तारणीराजव दाहाल र प्रतिभा शर्मा सदस्य रहेका थिए।
सो समितिले २१ दिनभित्र डीडीए लागू गर्न परमर्शदाता नियुक्त गर्ने कार्यादेश पाएकोमा निर्धारित अवधिमै एसएआर एशोसियट्सलाई निगमको सम्पत्ति मूल्यांकन गर्ने परामर्शदाता छनौट गरेको थियो।
सुनिल ढुंगेलको उक्त चार्टर्ड एकाउन्टेन्ट संस्थाले नै निगमको सम्पत्ति मूल्यांकन गरी प्रतिवेदन पेश गरेको थियो। प्रतिवेदन पेश गर्ने बेला भने निगमको कार्यकारी अध्यक्ष सुशील घिमिरे आइसकेका थिए। खरेलले राजीनामा दिइसकेका थिए।
उनैहरूकै समितिले निगमको सम्पत्ति ५४ अर्ब १६ करोड रूपैयाँ मूल्यांकन गरेका थिए भने निगमको ऋण ४५ अर्ब ९३ करोड रूपैयाँ रहेको प्रतिवेदन निगम अध्यक्षलाई बुझाएका थिए।
वर्तमान अध्यक्ष अधिकारीले निगमको सुन्धारमा रहेको जग्गा र सिनामंगललगायतको जग्गा अति नै न्यून हुने गरी मूल्यांकन गरेका थिए।
तर मन्त्री आलेले अहिले निगमलाई निजीकरण गर्न सम्पत्ति कम मूल्यांकन गरेको आरोप आफैले मन्त्रालय तानेका महाप्रबन्धक डिम प्रकाश पौडेलमाथि लगाउँदै आएका छन्। कतिसम्म भने आलेले सिनामंगलको जग्गा प्रतिआना ३४ लाख र सुन्धाराको प्रतिआना २ करोड रूपैयाँ मात्रै राखेर मूल्यांकन गरेको आरोप लगाएका थिए।
उनै डिम प्रकाश पौडेलले अधिकारीले गरेको सम्पत्ति मूल्यांकन रिपोर्टमा खोट देखेपछि पुनः मूल्यांकन गर्न खोज्दा कर्मचारी लगाएर आन्दोलन गराएको रहस्यसमेत खुल्न आएको छ। तर आलेले अहिले आफैले नियुक्त गरेका पूर्वकर्मचारी हुँदा यौनदुराचारको आरोप लागेका अधिकारीको बचाउका लागि हुँदै नभएको आरोप लगाउँदै आएका छन्। यतिसम्म कि आलेले अहिले अधिकारीलाई नै लगाएर निगमको सञ्चालक समितिका ३ सदस्यलाई समेत निगम प्रवेश गर्न दिएका छैनन्।
अधिकारीले गरेको सम्पत्ति मूल्यांकनमा देखिएको सम्पत्तिको विवरण
निगमसँग कहाँ कति सम्पत्ति?
अधिकारीकै समितिले गरेको डीडीएअनुसार २०७६ असार मसान्तसम्म सम्पूर्ण सम्पत्ति बिक्री गर्ने हो भने ५४ अर्ब १६ करोड ८६ लाख ८० हजार रूपैयाँ आउँछ। जसमध्ये देशभर रहेका २३ स्थानका जग्गा र भवनको मूल्यांकन ८ अर्ब २७ करोड ५८ लाख ८२ हजार रहेको देखिन्छ।
जहाज, स्पेयर्स पार्ट्स तथा जहाजको इन्जिनसहितको मूल्यांकन ३६ अर्ब १३ करोड ५७ लाख ५० हजार मूल्यांकन गरिएको छ। निगमको सोल्टी होटलमा भएको लगानीको सम्पत्ति २ अर्ब ९५ करोड रहेको छ।
त्यस्तैगरी अन्य उठ्नुपर्ने सम्पत्ति १ अर्ब ४४ करोड ६० लाख रूपैयाँ रहेको छ। बैंक ब्यालेन्स ८६ करोड ८९ लाख रूपैयाँ रहेको छ। एड्भान्स एन्ड डिपोजिट १ अर्ब ५६ करोडल ६५ लाख रूपैयाँ रहेको छ। कर्मचारीलाई दिइएको ऋण तथा एन्भान्स तलव ५४ लाख २३ हजार रहेको छ।
जग्गा र भवन कति?
अधिकारीको समितिले गरेको अध्ययन प्रतिवेदनमा निगमको काठमाडौंसहित देशभरका २३ स्थानमा जग्गा र भवन रहेको छ।
जग्गा र भवन मध्ये सबैभन्दा धेरै मूल्यांकन सुन्धारामा रहेको केन्द्रिय कार्यालयसहितको जग्गा हो। कान्तिपथमा भवनसहित १४ रोपनी ७ आना रहेको छ। उक्त भवन सहित जग्गाको मूल्यांकन ४ अर्ब ७३ करोड रूपैयाँ गरिएको छ।
त्यस्तै काठमाडौंकै सिनामंगलामा ३४ रोपनी १३ आना जग्गा रहेको छ। जसको मूल्यांकन २ अर्ब रूपैयाँ गरिएको छ। काठमाडौंकै कुलेश्वरमा पनि केही जग्गा रहेको छ।
त्यस्तै मोरङमा दुई स्थानमा साढे १२ कठ्ठा, बाँकेको तीन स्थानमा १५४ कठ्ठा, मुस्ताङमा साढे २८ आना, पोखरामा पौने ८२.७५ आना, दाङ ५.७४ कठ्ठा, रुपन्देहीमा ७ कठ्ठा, सुर्खेतमा ९.५० कठ्ठा, गोर्खामा ५.६९ आना, संखुवासभामा १५.१० आना, महेन्द्रनगरमा ३ कठ्ठा, कैलालीमा १० कठ्ठा, पर्साको दुई स्थानमा ८.११ कठ्ठा, जुम्लामा २८.८५ आना, खोटाङमा ३२ आना, हुम्लामा १०.१८ कठ्ठा जग्गा रहेको छ।
निगमको भवन भने ४ स्थानमा मात्रै रहेका छन्। भवन र जग्गाको मूल्यांकन डीडीएमा ८ अर्ब २७ करोड ५८ लाख २० हजार रूपैयाँको गरिएको छ।
जहाजको मूल्य ३६ अर्ब ६१ करोड
निगमसँग रहेका साना र ठूला गरेर १४ जहाजको मूल्य ३६ अर्ब ६१ करोड ३५ लाख ७५ हजार रूपैयाँ मूल्यांकन गरिएको छ । जसमा दुई वर्ष अगाडी खरिद गरिएको एयरवस ३३०-२०० सिरिजका दुई थान वाइडवडी जहाजको मूल्यांकन २३ अर्ब २१ करोड १५ लाख गरिएको छ।
त्यस्तैगरी दुई थान एयरवस ३२०-२०० सिरिजको दुई थान न्यारोवडी जहाजको ६ अर्ब ३९ करोड ९८ लाख ७० हजार रूपैयाँ मूल्यांकन गरिएको छ। बिक्री गर्ने निर्णय भएको चिनियाँ जहाजको ३ अर्ब ८१ करोड १० लाख रूपैयाँ मूल्यांकन गरिएको छ।
त्यस्तैगरी बिक्रीको निर्णय भइसकेको बोइङ ७५७ जहाजको ६५ करोड ५० लाख ९४ हजार रूपैयाँ तोकिएको छ। त्यस्तै तीन थान ट्वीनटर जहाजको ६५ करोड ४४ लाख रूपैयाँ मूल्यांकन गरिएको छ।
कहाँ कति ऋण?
निगमले विभिन्न संस्थाबाट अर्बौं रूपैयाँ ऋण लिएर जहाज खरिद गरेको छ। जसमा अन्तर्राष्ट्रिय बैंक वित्त कम्पनीबाट समेत ऋण लिएको छ।
निगमले विभिन्न क्षेत्रबाट ३९ अर्ब ८० करोड ऋण लिएको छ। अहिले ब्याज नतिर्दा साँवामा परिणतसमेत हुन थालेको छ। एयरवसर ३२०-२०० सिरिजका दुई थान न्यारोवडी जहाज खरिद गर्दा सञ्चयकोषसँग १० अर्ब ऋण लिइएको थियो। जसको ६ वर्षमा अझै ९ अर्ब १२ करोड ८६ लाख रूपैयाँ रहेको छ। जसको ब्याजदर १०.५० प्रतिशत रहेको छ।
एयरवस ३३०-२०० सिरिजका दुई थान जहाज खरिदका लिइएको १२ अर्ब ऋण बढेर १२ अर्ब ९६ करोड ५६ लाख रूपैयाँ पुगेको छ। वाइडवडी जहाज खरिदकै क्रममा नागरिक लगानीकोषसँग १२ अर्ब ऋण लिइएकोमा अहिले बढेर १२ अर्ब ७९ करोड ७४ लाख रूपैयाँ पुगेको छ।
त्यस्तै सरकारी ऋण नै ५८ करोड ७० लाख पुगेको छ। चिनियाँ जहाज खरिदमा लिइएको सफ्ट लोन ३ अर्ब २० लाख ४९ हजार रूपैयाँ रहेको छ। त्यस्तैगरी निगमको ओभर ड्राफ्ट ऋण हिमालयन बैंकबाट २ अर्ब १६ करोड लिएको छ। सबै दायित्व बहन गर्दा ४५ अर्ब ९३ करोड रहेको छ।
माथि उल्लेखित रकमको विवरण २०७६ असार मसान्तसम्मको भएकाले अहिले ऋण अझै बढिसकेको छ। जहाज खरिदमा लिएको ३४ अर्ब ऋण अहिले बढेर ४२ अर्ब ६७ करोडभन्दा बढी भइसकेको छ भने समग्रमा निगमको ऋण अहिले ५० अर्ब रूपैयाँको हाराहारीमा पुगिसकेको निगम स्रोतको दाबी छ।
डीडीएका लागि कम्पनी छनोट गर्दा-