बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

तरकारीखेतीबाट वार्षिक ६ लाखभन्दा बढी आम्दानी

images
सोमबार, पुस २९ २०८१
images
images
तरकारीखेतीबाट वार्षिक ६ लाखभन्दा बढी आम्दानी
फाइल तस्बिर

११ वर्षअघि ‘प्रगतिशील कृषि फर्म’ दर्ता गरी तरकारीखेती सुरु गरेका स्याङ्जाका कमलापति डुम्रेको हालको मुख्य आम्दानीको स्रोत नै यही हो।

images
images

स्याङ्जा- यहाँका एक किसानले व्यावसायिक तरकारी खेतीबाट वार्षिक ६ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्।

images
images
images

स्याङ्जाको वालिङ नगरपालिका-१४ हुल्काङका कमलापति डुम्रेले व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी लिन सफल भएका हुन्। खाद्यान्न व्यवसायबाट अपेक्षाकृत आम्दानी नभएपछि उनी तरकारीखेतीमा होमिएका हुन्।

images
images

११ वर्षअघि ‘प्रगतिशील कृषि फर्म’ दर्ता गरी तरकारीखेती सुरु गरेका डुम्रेको हालको मुख्य आम्दानीको स्रोत नै यही हो। 'समयानुसारका मौसमी तथा बेमौसमी तरकारी, बिरुवा उत्पादन गरी बिक्री गर्दै आइरहेको छु', उनले भने, 'कृषिबाट नै राम्रो आम्दानी भइरहेको छ।'

images
images
images

डुम्रेले टनेलभित्र र बाहिरी जमिनमा बन्दा, काउली, ब्रोकाउली, सिमी, बोडी, साग, काक्रा, मुला, भेण्टा, घिरौँला, करेला, टमाटर, आलुलगायतका तरकारी उत्पादन र बिक्री गर्दै आएका छन्। उनले हाल झण्डै ६ रोपनी जमिनमा तरकारीखेती गर्दै आएका छन्।

'तरकारी तथा बिरुवा बिक्रीबाट एक वर्षमा छ लाख ५० हजार आम्दानी भयो', उनले भने, 'यहाँ उत्पादन भएको ताजा तरकारी बिक्रीका लागि हालसम्म कुनै समस्या भएको छैन, बिक्री भएन भन्ने चिन्ता छैन।'

स्याङ्जा र पर्वतको सिमानामा रहेको हुल्काङबाट सबैभन्दा नजिकको दुरीमा रहेको पर्वतको पैयूँ गाउँपालिकाको हातेमालो चोक बजारमा खपत हुने गरेको छ। हातेमालो चोकसँगै केही तरकारीहरु स्याङ्जाको वालिङ बजारमा खपत हुने गरेको उनले सुनाए।

वालिङ-हातेमालोचोक जोड्ने सडकको किनारामै भएकाले यहाँ चल्ने सवारीसाधनमार्फत बजारीकरणमा सहज भएको डुम्रेले बताए। डुम्रेले व्यावसायिक तरकारीखेतीसँगै बाख्रापालन, कागती, अमिला जातका फलफूलको खेती पनि गरिरहेका छन्। रासस


प्रकाशित : सोमबार, पुस २९ २०८११४:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend