बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

मेलम्चीको पानी वितरणका लागि बिछ्याइएको नयाँ पाइपलाइनको परीक्षण सम्पन्न

images
सोमबार, पुस २९ २०८१
images
images
मेलम्चीको पानी वितरणका लागि बिछ्याइएको नयाँ पाइपलाइनको परीक्षण सम्पन्न

खानेपानी वितरण सञ्जालका प्राइमरी पाइपलाइन, ३३ वटा खानेपानी वितरण सञ्जालमा कुल एक हजार दश किलोमिटर पाइपलाइन रहेको जनाइएको छ।

images
images

काठमाडौं- काठमाडौं उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण पूरा भएको छ। मेलम्चीको पानी पुनः वितरण सुरु भएसँगै आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले पाइपलाइनको परीक्षण सुरु गरेको थियो।

images
images
images

मेलम्ची उपआयोजना-२ अन्तर्गत बिच्छ्याइएका कुल ३३ वटा खानेपानी वितरण सञ्जालका नौसय ८० किलोमिटर पाइपलाइनको परीक्षण सम्पन्न भएको निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिए।

images
images

परीक्षण सम्पन्न भएका थप ३३ मध्ये १४ वटा खानेपानी वितरण सञ्जालको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई स्वामित्व हस्तान्तरण भइसकेकामा अब बाँकी १९ वटाको हस्तान्तरण प्रक्रिया अगाडि बढाइएको निर्देशनालयका का उपनिर्देशक चन्द्रकुमारपाँ श्रेष्ठले बताए।

images
images
images

उनले भने, 'कुल ३३ वटा खानेपानी वितरण सञ्जालमा यसअघि पहिलो चरणमा चार र दोस्रो चरणमा दश गरी १४ वटा खानेपानी वितरण सञ्जालका तीनसय ५० किलोमिटर पाइलाइनको परीक्षण गरी बोर्डलाई हस्तान्तरण भइसकेको छ। तेस्रो चरणका बाँकी १९ वटा हस्तान्तरण प्रक्रिया अगाडि बढेको छ।' 

खानेपानी वितरण सञ्जालका प्राइमरी पाइपलाइन, ३३ वटा खानेपानी वितरण सञ्जालमा कुल एक हजार दश किलोमिटर पाइपलाइन रहेको जनाइएको छ।

सञ्जालबाट खानेपानी वितरण हुँदै आएका पाइपलाइनमा हालसम्म ६० हजार आठसय ३१ वटा नयाँ मिटर समेत जडान गरिसकिएको जनाइएको छ। रासस


प्रकाशित : सोमबार, पुस २९ २०८११३:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend