बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

मनाङमा हिमपात, पर्यटन र बालीनाली फस्टाउने अपेक्षा

images
सोमबार, पुस २९ २०८१
images
images
मनाङमा हिमपात, पर्यटन र बालीनाली फस्टाउने अपेक्षा
फाइल तस्बिर

चिसो अत्यधिक बढे पनि यहाँ हिमपात हुन सकेको थिएन। विगतका वर्षमा मङ्सिरदेखि हिउँ पर्ने भए पनि यसवर्ष पुसको अन्तिम सातामा मात्रै हिउँ परेको छ।

images
images

मनाङ- हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ। हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यतिबेला खुसी भएका छन्। 

images
images
images

चिसो अत्यधिक बढे पनि यहाँ हिमपात हुन सकेको थिएन। विगतका वर्षमा मङ्सिरदेखि हिउँ पर्ने भए पनि यसवर्ष पुसको अन्तिम सातामा मात्रै हिउँ परेको छ। हिमपात भएपछि यहाँका कालापत्थरमा परिणत हुन लागेका डाँडाकाँडामा हिउँले भरिएको ङिस्याङ गाउँपालिका-१ पिसाङका किसान मुखिया गुरुङले सुनाए।

images
images

ढिला गरी हिउँ पर्दा खुसी लागेको गुरुङले बताए। उनले भने, 'भारी हिमपात नभए पनि सुरुवात भएको छ, यसले केही आशा जगाएको छ।' आफूले गरेको उत्पादनले दुई महिनामात्रै खान पुग्ने उल्लेख गर्दै उनले हिउँ पर्दा खुसी लागेको बताए। हिउँ परेपछि जमिन तथा मल भिजेर रसिलो हुने र बालीनाली सप्रिने उनको भनाइ थियो।

images
images
images

किसानका अनुसार हिउँ परेपछि बहुमूल्य जडीबुटी यार्सागुम्बा, निरमंसी, पाँचऔँले, चिराइतोलगायतका उत्पादन बढ्छ भने तल्लो भागमा परेको हिउँले खेतीपातीका लागि मलकै रुपमा काम गर्दछ। दुई हप्ताअघि मात्र सिँचाइ गरेका मनाङ चामेका किसान शेराप विष्टले हिमपातले खुसियाली ल्याएको बताए। 

नासो गाउँपालिका-८ ताचैका यज्ञ घलेले हिमाली क्षेत्रमा हिउँ नपर्दा पर्यटन व्यवसाय प्रभावित भएको बताए। उनले भने, 'कलकारखाना नभएको हिमाली जिल्लामा हिउँ नै नहुँदा पर्यटक के हेर्ने आउने? प्राकृतिक सुन्दरता नै गुम्न थालेको थियो।' उनका अनुसार हिउँ पर्दा पर्यटक बढ्छन्। हिमाली सौन्दर्य रहिरहन्छ।

जलवायु परिवर्तनले समयमा हिमपात नहुँदा मनाङका हिमाल कालापत्थर बन्दै गएका छन्। अन्नपूर्ण, गंगापूर्ण, लमजुङलगायतका हिमालका आधाभन्दा बढी भाग कालापत्थरमा रुपान्तरण भइसकेका छन्।

जिल्लाको माथिल्लो क्षेत्रमा केही मात्रामा फाट्टफुट्ट हिमपात भए तल्लो क्षेत्रमा अहिलेसम्म हिउँ पर्ने संकेत नदेखिएको नासोँ गाउँपालिका-५ का वडाध्यक्ष थुतेन लामाले बताए। हिमपात नहुँदा चिस्यान नहुने, आलु, उवा र फापर छर्ने ठाउँमा जोत्न पनि मुस्किल भएको उनले बताए। रासस


प्रकाशित : सोमबार, पुस २९ २०८११२:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend