बुधबार, चैत १३ गते २०८१    
बुधबार, चैत १३ २०८१
images
images

५ महिनामा वाणिज्य बैंकहरूले कमाए ३० अर्ब ५९ करोड रूपैयाँ खुद नाफा, कुन बैंकको कति?

images
सोमबार, पुस २९ २०८१
images
images
५ महिनामा वाणिज्य बैंकहरूले कमाए ३० अर्ब ५९ करोड रूपैयाँ खुद नाफा, कुन बैंकको कति?

दोस्रोमा रहेलो ग्लोबल आइएमई बैंकले २ अर्ब ८३ करोड खुद नाफा गरेको छ। नेपाल इन्भेस्टमेन्ट मेघा बैंक बढी नाफा कमाउनेको तेस्रो स्थानमा रहँदै २ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा गरेको छ।

images
images

काठमाडौं- पाँच महिनाको बैंक वित्तीय संस्थाहरुको तथ्यांक सार्वजनिक गर्दै राष्ट्र बैंकले यस अवधिमा वणिज्य बैंकहरुले ३० अर्ब ५९ करोड खुद नाफा गर्न सफल भएको जनाएको छ।

images
images

कात्तिकको तुलनामा मंसिरमा बैंकहरुको नाफा ३७ प्रतिशतले बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

images
images

यस अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ। नबिल बैंकले करिब ३ अर्ब ५० करोड खुद नाफा गरेको राष्ट्र बैंकले जनाएको छ।

images
images

यस्तै दोस्रोमा रहेलो ग्लोबल आइएमई बैंकले २ अर्ब ८३ करोड खुद नाफा गरेको छ। नेपाल इन्भेस्टमेन्ट मेघा बैंक बढी नाफा कमाउनेको तेस्रो स्थानमा रहँदै २ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा गरेको छ।

यस बाहेक कुमारी बैंकले १ अर्ब ९९ करोड रुपैयाँ, प्राइम कमर्सियलले १ अर्ब ९७ करोड रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ९४ करोड रुपैयाँ, एनएमबिले १ अर्ब ९० करोड रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८४ करोड रुपैयाँ नाफा गरेका हुन्।

त्यसैगरी नेपाल बैंक लिमिटेडले १ अर्ब ५१ करोड रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड रुपैयाँ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब ३४ करोड, हिमालयन बैंकले १ अर्ब ३३ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएका छ्न्। 

सिद्धार्थ बैंकले ९७ करोड ९० लाख रुपैयाँ, सिटिजन्स इन्टरनेशनलले ६९ करोड ४९ लाख रुपैयाँ, र सानिमा बैंकले ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा गरेका छ्न्।

यस्तै माछापुच्छ्रे बैंकले ८२ करोड ७४ लाख रुपैयाँ र  एनआईसी एसिया बैंकले ६३ करोड ३४ लाख रुपैयाँ नाफा गरेका छ्न्। 

यस अवधिमा कृषि बिकास बैंक भने नोक्सानी गएको राष्ट्र बैंकको ५ महिनाको पारम्भिक तथ्यांकले देखाएको छ। केही दिनभित्रमा बैंकहरुले प्राकाशन गर्ने वित्तीय विवरणले थप प्रस्टता दिनेछ।


प्रकाशित : सोमबार, पुस २९ २०८१०६:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend