शनिबार, साउन १७ गते २०८२    
शनिबार, साउन १७ २०८२
images
images

दुई वर्षअघिसम्म ६ लाखमै पाइने गोदावरी क्षेत्रमा किन आकाशियो जग्गाको मूल्य?

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, माघ १५ २०७८
images
images
दुई वर्षअघिसम्म ६ लाखमै पाइने गोदावरी क्षेत्रमा किन आकाशियो जग्गाको मूल्य?

उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरका प्रत्येक कुना कुनामा बजारीकरण बढ्दो छ। पछिल्लो समय ललितपुरको गोदावरी क्षेत्रमा भने जग्गाको मूल्य अत्याधिक बढ्न थालेको छ।

images
images

काठमाडौं- उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरका प्रत्येक कुना कुनामा बजारीकरण बढ्दो छ। पछिल्लो समय ललितपुरको गोदावरी क्षेत्रमा भने जग्गाको मूल्य अत्याधिक बढ्न थालेको छ। पछिल्लो समय विस्तार भएका बस्तीमा भन्दा गोदावरी क्षेत्रमा जग्गाको मूल्य अत्याधिक बढेको छ।

images

काठमाडौंको खासगरी मुलपानी, बालुवाखानी, टोखा, गोलढुङ्गा, रामकोट, चन्द्रागिरी, कीर्तिपुर, बुङमति क्षेत्रभन्दा गोदावारीको जग्गा महँगो भएको हो। गोदावरी क्षेत्रमा प्रतिआना २५ देखि ३० लाख रुपैयाँसम्ममा किनबेच हुन थालेको छ। तर अन्य माथि उल्लेख गरिएका क्षेत्रमा १० देखि १५ लाख रुपैयाँमा प्रतिआना जग्गा खरिद गर्न पाइन्छ। 

images
images

काठमाडौंबाट १० किलोमिटर टाढा रहेका क्षेत्रमा अहिले पनि प्रतिआना १० देखि १५ लाख रुपैयाँसम्ममा जग्गा किन्न पाइन्छ। १५/१६ किलोमिटर टाढा रहेको गोदावरी क्षेत्रमा भने प्रतिआना २५ देखि ३० लाख रुपैयाँ मूल्य पुगेको हो।

images
images
images

दुई वर्ष अघिसम्म गोदावरीमा पनि अन्य ठाउँको जस्तै प्रतिआना ६/७ लाखदेखि १०/१२ लाख रुपैयाँसम्ममै पाइने गर्दथ्यो। दुई वर्षको अन्तरमा गोदावरीमा जग्गाको मूल्य ३ गुणा बढिसकेको छ भने दुई वर्षअघि गोदावरीको जति नै मूल्य रहेका ठाउँहरूमा अहिले पनि प्रतिआना १० देखि १५ लाख रुपैयाँमै जग्गा किन्न सकिन्छ ।

गोदावरीका  गोदावरी/लेले सडक ४२ फिट चौडाइमा स्तरोन्नती गरेर कालोपत्र गरेका कारण जग्गाको भाउ ह्वात्तै बढेको छ। गोदावरीको जग्गाको मूल्य बढ्नुको अर्को कारण गोदावरीमा बनेको सभा हल पनि एक हो।

यो बाहेक यहाँ सेन्जेभियर्स स्कुलले आफ्नो मुख्य स्कुल र कलेज यहि सञ्चालन गर्ने गरि काम गर्नु पनि अर्को कारण हो।तर गोदावरीमा बनेका र बन्ने यी संरचनाले पनि जग्गाको भाऊ बढेको छ। 

गोदावरीको जग्गाको मूल्य बढ्नुको मुख्य कारण भनेको पछिल्लो समय जग्गा प्लटिङ गर्ने अधिकांस व्यवसायीले गोदावरीमा ध्यान केन्द्रि गरेका छन्। जसका कारण पनि जग्गाको भाऊ बढेको छ। 


प्रकाशित : शनिबार, माघ १५ २०७८०२:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend