शुक्रबार, माघ १८ गते २०८१    
शुक्रबार, माघ १८ २०८१
images
images

होटल उद्योगमा नयाँ भित्रिरहँदा पुराना भने बिक्रीमा, 'प्रिमियम प्रपर्टी' सस्तोमा पाइने आशमा जुर्मुराए भारतीय लगानीकर्ता

images
सोमबार, पुस २९ २०८१
images
images
होटल उद्योगमा नयाँ भित्रिरहँदा पुराना भने बिक्रीमा, 'प्रिमियम प्रपर्टी' सस्तोमा पाइने आशमा जुर्मुराए भारतीय लगानीकर्ता

अहिले कम्तिमा तीनवटा ठूला होटलको असिसमेन्ट  र डिल चलिरहेको छ। यी सबै डिलमा भारतीय र नेपाली व्यवसायीको संयुक्त साझेदारी रहेको बताइएको छ।

images
images

काठमाडौं- गएको दशकमा नेपालका पर्यटकीय पूर्वाधारमा व्यापक लगानी भयो। विस २०७० देखि २०८० को बीचमा नेपालको बैंकिङ क्षेत्रबाट ८ गुणाले कर्जा बढेको थियो। यही कर्जाले देखाउँछ कि नेपालमा पछिल्लो दशकमा होटलमा कति लगानी भयो भनेर। 

images
images
images

गएको दशक होटलमा लगानीको दशक भएजस्तो यो दशक भने सन्नाटा र सास्तीको दशक हुने लक्षण देखिएको छ। यो दशकको सुरुवातमै पहिले लगानी गर्नेहरू पछुताउन थालेका छन्। ऋण गरेर होटलमा लगानी गरेकाहरू बिक्रीको हतारमा रहेका छन्। 

images

काठमाडौंबाहिरका सहरमा निर्माण भएका अधिकांश ठूला होटल अहिले बिक्रीमा रहेको खरिद बिक्रीका लागि वित्तीय मूल्यांकन गर्ने तथा कारोबारलाई सहजीकरणको सेवा दिनेहरू बताउँछन्। नेपालका पुराना तथा केही नयाँ होटल नै पनि बिक्रीमा रहेको कुरा नेपालमा भन्दा भारतीयहरूले धेरै चासो दिएको उनीहरू बताउँछन्। भविष्यका लागि आकर्षक प्रतिफलको विश्लेषण गरेका भारतीयहरूले चासो दिइरहेका छन्। 

images
images
images

भैरहवा विमानस्थल सञ्चालन हुने र त्यसले ल्याउने पर्यटकीय गतिविधिको आशमा निर्माण भएका होटल बिक्रीमा छन् भने काठमाडौंमै पनि अहिले नयाँ होटल आइरहँदा कतिपय पुराना होटल बिक्रीमा छन्। 

होटल जति धेरै आएपनि व्यापार बढ्न नसकेको भन्दै लगानीकर्ताहरू आफ्नो प्रपर्टी बिक्रीका लागि छलफल अघि बढाउने गरेका छन्। स्थापित होटल व्यवसायी नै पनि यो क्षेत्रबाट हात झिक्न खोजिरहेको व्यवसायीहरू नै बताउँछन्। ‘नयाँ आएका होटलको ग्ल्यामरमा व्यवसायीहरू रमाएपनि पुराना व्यवसायी भने निराश हुँदै गएका छन्। त्यसैले अहिले ठूला परियोजना नै बिक्रीमा छन्’ एक होटल व्यवसायीले बताए। 

नेपालमा होटलहरू अहिले सस्तोमा किन्ने उपयुक्त अवसर भएको भन्दै भारतीय लगानीकर्ताहरू आकर्षित पनि भइरहेको उनको भनाइ छ। ‘पहिले पनि नेपालको होटल व्यापारमा भारतीयहरूले लगानी गरेका हुन्। तर दोस्रो चरणको होटलको यो क्रान्तिमा उनीहरू छुटेका थिए तर अहिले फेरि बिक्रीका परियोजनामा आकर्षित भएका छन्। यसमा मुख्यतया उनीहरूले देखेको लाभ भनेको संकटको यो समयमा सस्तोमा पाइन्छ कि भनेर हो’ एक अर्का होटल व्यवसायी भन्छन्,’तर पनि यसका अहिलेसम्म कुनै डिल सफल भएको भने छैन।’ 

स्रोतहरूका अनुसार अहिले कम्तिमा तीनवटा ठूला होटलको असिसमेन्ट र डिल चलिरहेको छ। यी सबै डिलमा भारतीय र नेपाली व्यवसायीको संयुक्त साझेदारी रहेको बताइएको छ। 


प्रकाशित : सोमबार, पुस २९ २०८११०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend