मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

२५ अंकले घट्यो सेयर बजार, ३ अर्ब ९९ करोड रुपैयाँको कारोबार

आइतबार, पुस २८ २०८१
२५ अंकले घट्यो सेयर बजार, ३ अर्ब ९९ करोड रुपैयाँको कारोबार

काठमाडौं- लगातार ७६.७१ अंकले बढेर गएको साता बिहीबार घटेको सेयर बजार यो साता पहिलो कारोबारमा पनि ओरालो नै लागेको छ। 

यो साता पहिलो कारोबारमा आइतबार २५.४१ अंकले घटेर २६०९.६७ बिन्दुमा झरेको छ। ४३ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ३ अर्ब ९९ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ। १९४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।     

गएको साता पहिलो कारोबारमा आइतबार ५.३२ अंकले बढेको बजार सोमबार ४९.१२ अंकले बढेको थियो। मंगलबार ६.१६ अंकले बढेको बजार बुधबार ६.३८ अंकले बढेको थियो। बिहीबार भने बजार १८.१४ अंकले घटेको थियो। 

उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा लामो समयपछि निरन्तर वृद्धि देखिएको थियो। अहिले उक्त वृद्धि रोकिएको छ। बजार वृद्धितर्फ बढ्न सबै सूचकले साथ दिएको विश्लेषकहरूले बताइरहँदा लगानीकर्ता विश्वस्त देखिन सकेका छैनन्। 


प्रकाशित : आइतबार, पुस २८ २०८११५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend