बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

पाँच करोड लागतको कलुवापुर खानेपानी आयोजना सञ्चालनमा

images
आइतबार, पुस २८ २०८१
images
images
पाँच करोड लागतको कलुवापुर खानेपानी आयोजना सञ्चालनमा

हालसम्म निजी पाँचसय ६५, सार्वजनिक तीनवटा धारा जडान गरिएको छ। आठ कठ्ठा क्षेत्रमा पक्की पर्खालसहितको आयोजनाको कार्यालय भवन निर्माण गरिएको छ।

images
images

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-११ का बासिन्दालाई सहज खानेपानी उपलब्ध गराउन पाँच करोड रूपैयाँको लागतमा कलुवापुर खानेपानी आयोजना सञ्चालनमा आएको छ।

images
images
images

आयोजनाअन्तर्गत दुई लाख २५ हजार लिटर क्षमताको ट्यांकी, दुईवटा डिपट्युबेल जडान, ५० किलोमिटर पाइप लाइन विस्तार गरिएको छ। उपभोक्तालाई चौबिसै घण्टा दैनिक पानी उपलब्ध गराउने व्यवस्था गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष विनोदकुमार दमाईले बताए।

images
images

उनका अनुसार हालसम्म निजी पाँचसय ६५, सार्वजनिक तीनवटा धारा जडान गरिएको छ। आठ कठ्ठा क्षेत्रमा पक्की पर्खालसहितको आयोजनाको कार्यालय भवन निर्माण गरिएको छ। यसका अतिरिक्त पानी प्रशोधनका लागि संयन्त्र निर्माण, भल्व च्याम्बर २७ वटा, मेन भल्व च्यामबर एक र पानी परीक्षण गर्ने मेसिन एक राखिएका छन। आयोजनाको रेखदेख र सञ्चालनका लागि तीन जना कर्मचारीको व्यवस्था गरिएको छ।

images
images
images

समितिले धारा जडानका लागि दुई हजार रूपैयाँ शुःल्क लिने गरेको छ। पानीमो महसुलदर १० युनिटसम्म खपत गर्ने ग्राहकबाट एकसय रूपैयाँ शुल्क लिने गरिएको समितिका कोषाध्यक्ष टेकबहादुर भण्डारीले बताए।

'उपभोक्तालाई शुद्ध खानेपानी उपलव्ध गराउन महिनाको दुईपटक ट्यांकी सरसफाइ गर्ने व्यवस्था गरेका छौँ', उनले भने, 'पानी परीक्षण संयन्त्रबाट वितरण गरिने पानीको गुणस्तर मापन कार्य पनि हुन्छ, पानीको आपूर्तिमा बाधा आउन नदिन टुटफुट भएका ठाउँमा तत्कालै कर्मचारी खटाएर मर्मत हुन्छ।'

विद्युत् अभाव भएका बेला पानी निरन्तर उपलब्ध गराउन भने कठिनाइ हुँदै आएको उनले उल्लेख गरे। आर्थिक अभावले सोलार तथा जेनेरेटरको व्यवस्था गर्न नसकिएकाले अनुदानमा उपलब्ध गराउने दातृ निकायको खोजीमा रहेको उनले बताए।

वडाको वर्तमान जनसङ्ख्या १५ हजार एकसय ३० छ। जसमा एक हजार सात सय परिवार रहेका छन्। सबै घरपरिवारमा खानेपानी पुर्‍याउने लक्ष्यका साथ समितिले काम अगाडि बढाउँदै आएको जनाएको छ।

आयोजना निर्माणकार्य २०६७ सालदेखि थालिएको थियो। बजेट अभाव, कोरोना महामारीलगायत कारणले निर्माणकार्य ढिलो भएको बताइएको छ। आयोजनालाई पूर्ण क्षमतका साथ सञ्चालन गर्न अझै केही समय लाग्ने भएको छ। रासस


प्रकाशित : आइतबार, पुस २८ २०८१११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend