काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ। मंगलबार ९४ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य बुधबारका लागि ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने स्थिर छ। मंगलबार १३ सय रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि पनि त्यति नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।