शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

काठमाडौंका यी स्थानमा आज साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने

images
शनिबार, पुस २७ २०८१
images
images
काठमाडौंका यी स्थानमा आज साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने

तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भएमा सूचनामा उल्लेखित समयसीमा भन्दा पहिल्यै लाइन पुनः सञ्चालनमा आउने सूचनामा उल्लेख छ।

images
images

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले एक सूचना प्रकाशित गरी लाइन मर्मत एवम् विस्तारका लागि विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो।

images
images
images

प्राधिकरणले क्षेत्रपाटी फिडरअन्तर्गत पर्ने टेकु विष्णुमती करिडोरमा भूमिगत केवल लाइनमार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभरहेड लाइन जडानका लागि लाइन कटौती हुने जनाएको छ। सो कार्यका लागि क्षेत्रपाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठालगायतका क्षेत्रमा एक बजेदेखि पाँच बजेसम्म लाइन कटौती हुने सूचनामा उल्लेख छ।

images
images

यस्तै, टेकु थापाथली फिडरअन्तर्गत थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, वर्ल्ड ट्रेड सेन्टर, दशरथ रंगशाला हुँदै ब्लु क्रस अस्पताललगायतका क्षेत्रमा पनि बिजुली कटौती हुनेछ।

images
images
images

त्रिपुरेश्वर फिडरअन्तर्गत पर्ने टेकु सबस्टेशन अगाडिबाट पचली भैरव,नेपाल उद्योग वाणिज्य महासंघ, टेकुचोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपरमार्केट अगाडिसम्म, टेकु वंशीमार्ग, सुकुम्बासी टोलसम्म जाने बाटोसम्म पनि बिजुली कटौती हुने सूचनामा उल्लेख छ।

थापाथली फिडरअन्तर्गत प्रसुतिगृह पूर्वगेट, नर्भिक अस्पताल, थापाथली पञ्चायणीमार्ग, कुरिया गाउँ, आन्तरिक राजस्व कार्यालय पछाडिसम्म पनि एक बजेदेखि पाँचबजेसम्म लाइन काटिने सूचनामा उल्लेख छ।

तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भएमा सूचनामा उल्लेखित समयसीमा भन्दा पहिल्यै लाइन पुनः सञ्चालनमा आउने सूचनामा उल्लेख छ। लाइन कटौतीका कारण उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ। रासस


प्रकाशित : शनिबार, पुस २७ २०८१११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend