काठमाडौं- नेपाल छाडेर विदेशमा बस्ने नेपालीहरुको संख्या २१ लाख पुगेको छ।
जनगणना २०७८ को प्रारम्भिक तथ्यांक अनुसार २१ लाख ६९ हजार ४७८ जना नेपाली विदेशमा बस्ने गरेको पाइएको छ। यो संख्या नेपालको जनगणनामा समावेस हुँदैन।
२०६८ को गणनामा यस्तो जनसंख्या १९ लाख २१ हजार थियो।
परिवारमा अनुपस्थित र नेपाल बाहिर बस्ने नेपालीहरुको यस्तो जनसंख्यामा पुरुषको संख्या धेरै रहेको छ।