मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगानी समूहमा सूचीकृत ७ मध्ये ५ कम्पनीले दिँदैछन् सेयरधनीलाई लाभांश, कुनको कति?

शनिबार, पुस २७ २०८१
लगानी समूहमा सूचीकृत ७ मध्ये ५ कम्पनीले दिँदैछन् सेयरधनीलाई लाभांश, कुनको कति?

पछिल्लो समय लगानीकर्तामाझ चर्चामा रहेको हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले १० प्रतिशत बोनस सेयर र ०.५६ प्रतिशत नगद गरी १०.५६ प्रतिशत लाभांश दिएको छ।

काठमाडौ- नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत लगानी समूहको सेयर लगानीकर्तामाझ सधैँ लोकप्रिय हुने गरेको छ। नेप्सेमा लगानी समूहअन्तर्गतका ७ वटै कम्पनीले साधारणसभा बोलाइसकेका छन्। कतिपयले साधारण सभासमेत सम्पन्न गरिसकेका छन्।

लगानी समूहका ७ कम्पनीमध्ये ५ वटाले लाभांश दिँदैछन् भने २ कम्पनीले लाभांश दिने छैनन्। 

सीईडीबी होल्डिङ लिमिटेडको दोस्रो बजारमा गत बिहीबार प्रतिकित्ता १६ सय रूपैयाँमा सेयर कारोबार भएको छ। कम्पनीले लगानीकर्तालाई ११ प्रतिशत बोनस सेयर दिएको छ। कम्पनीले गत असोज २१ मै साधारणसभा सम्पन्न गरिसकेको छ।

पछिल्लो समय लगानीकर्तामाझ चर्चामा रहेको हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले १० प्रतिशत बोनस सेयर र ०.५६ प्रतिशत नगद गरी १०.५६ प्रतिशत लाभांश दिएको छ। कम्पनीले पनि गत असोज २३ गते नै साधारणसभा सम्पन्न गरिसकेको छ। कम्पनीको सेयर गत बिहीबार प्रतिकित्ता १३५४ रूपैयाँमा कारोबार भएको छ।

लगानी समूहमै रहेको एनआरएनए इन्फ्राष्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको पनि गत पुस १२ गते साधारणसभा सम्पन्न भइसकेको छ। एनआरएएन नेपालीको मूख्य लगानी रहेको कम्पनीको दोस्रो बजारमा प्रतिकित्ता १ हजार ८६ रूपैयाँमा कारोबार भएको छ।

त्यस्तै जलविद्युत क्षेत्रमा लगानी गर्दै आएको हाइड्रोइलेक्ट्रिकसीटी इन्भेष्टमेन्ट एण्ड डेभलवभेन्ट कम्पनी (एचआइडीसीएल)ले लगानीकर्तालाई ५.२५ प्रतिशत नगद लाभांश दिएको छ। कम्पनीले पनि गत पुस २४ गते साधारणसभा सम्पन्न गरिसकेको छ। कम्पनीको दोस्रो बजारमा २ सय ४२ रूपैयाँ प्रतिकित्तामा सेयर कारोबार भएको छ।

त्यस्तै सिटीजन्स इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी) ले पनि लगानीकर्तालाई ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगदगरी १३ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको पुस २९ गते साधारणसभा समेत तोकेको छ। दोस्रो बजारमा विगतमा आकर्षक कम्पनी अहिले प्रतिकित्ता १ हजार ९ सय ९९ रूपैयाँमा कारोबार भइरहेको छ।

नेपाल इन्फ्राष्ट्रक्चर बैंक (निफ्रा) ले पनि लगानीकर्तालाई लाभांश नदिने घोषणा गरिसकेको छ। कम्पनीको बिहीबार प्रतिकित्ता २५४ रूपैयाँमा सेयर कारोबार भएको थियो। कम्पनीले गत पुस ४ गतेनै साधारणसभा सम्पन्न गरिसकेको छ।

इमर्जिङ कम्पनीले पनि लगानीकर्तालाई लाभांश नदिने घोषणा गरिसकेको छ। दोस्रो बजारमा १ हजार १ सय ७७ रूपैयाँमा सेयर कारोबार भइरहेको कम्पनीले पुस २९ मा साधारणसभा गर्दैछ।


प्रकाशित : शनिबार, पुस २७ २०८१११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend