काठमाडौं- जनगणना २०७८ सालको तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।
मंसिर १० देखि २५ सम्म देशभर भएको गणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै केन्द्रीय तथ्यांक विभागले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जानकारी दिएको छ।
जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार पछिल्लो दस वर्षको वार्षिक जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत कायम भएको छ। २०६८ सालको गणनामा यस्तो वृद्धिदर १.३५ प्रतिशत थियो।
यो वर्षको वृद्धिदर पछिल्लो आठ दसककै न्यून हो। विस १९८७ सालमा वृद्धिदर ऋणात्मक भएको थियो। त्यसपछि १ भन्दा पनि मुनीको वृद्धिदर यो पालि कायम भएको छ।